गभर्नरको योग्यता विवादको मुद्दा आज हेर्न नभ्याइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2024 | 01:33:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्यतालाई लिएर सर्वोच्च अदालतमा दायर भएको रिट आज हेर्न नभ्याइने भएको छ आज  न्यायाधीश प्रकाश कुमार ढुंगाना र न्यायधीश बालकृष्ण ढकालको संयुक्त इजलाशमा यस मुद्दाको पेशी तोकिएपनि मुद्दामा सुनुवाईको पालो नआउने भएको हो 

यस रिटको पेशी सो इजलाशको १८ औ नम्बरमा तोकिएकोमा समय अभावको कारण आज हेर्न नभ्याइनेमा परेको हो 

यस अघि पुस १३ गते न्यायधीश शुष्मालता माथेमाको एकल इजलाशले यस मुद्दामा विपक्षीहरुसँग लिखित जवाफ माग्ने आदेश दिएको थियो । त्यस पछि आज संयुक्त इजलाशमा सुनुवाईको लागि पेशी तोकिएको थियो। 

पुस १२ गते जोशी ल एण्ड एसोसिएट्सका अधिवक्ता दिपकराज जोशी , ठकुाराठी एशोसिएट्सका अधिवक्ता प्रतापसिंह ठकुराठी , विप्स ल एसोसिएट्स प्रा.लि का संचालक अधिवक्ता दामोदर तिम्सिना र  चुडामणी भण्डारीले संयुक्त रुपमा रिट दायर गरेका थिए

उनीहरुले गभर्नरको योग्यता माथि प्रश्न उठाउदै रिट दायर गरेका हुन् । राष्ट्र बैंकको गभर्नर बन्न तोकिएको शैक्षिक योग्यतामा स्नातकोत्तर गरेको हुनु पर्ने व्यवस्था छ  । तर गभर्नरले सीए गरेको र सीएको उपाधिले हालसम्म पनि स्नातकोत्तर सरह मान्यता नपाएको दाबी गर्दै गभर्नरको नियुक्ति बदर गर्न रिटमा माग गरिएको छ । उनको योग्यता नपुगेकोले अधिकारीलाई गभर्नर नियुक्त गर्ने मिति २०७६।१२।२४ को निर्णय बदर गर्न रिटमा माग गरिएको छ 

 गर्भनर पदमा अयोग्य व्यक्ति नियुक्त भई आफुअनुकुलका कार्यहरु गरिरेको  रिटको विषयलाई समेत ध्यानमा राखी यसको गम्भिर्यतालाइ समेत हेरी सुनुवाईको लागि अग्राधिकार समेत दिलाई पाउन रिटमा माग गरिएको छ। रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय , अर्थ मन्त्रालय , राष्ट्र बैँक , नेपाल राष्ट्र बैँक संचालक समिति र गभर्नर महाप्रसाद अधिकारीलाई विपक्षी बनाईएको छ । 

यो पनि : सरकारले टुङ्ग्यायो भागबण्डा, धितोपत्र बोर्ड सहित ४ संस्थाको प्रमुख पद बिक्रीमा !

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved