गत वर्ष ५ हजार ९ सय वटा बैंकिङ कारोबार शंकास्पद , वाणिज्य बैंकबाट सबैभन्दा धेरै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2024 | 05:20:23 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष २०७९/८० बैंक तथा वित्तीय संस्थामा ५ हजार भन्दा बढी शंकास्पद कारोबार भएको पाईएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले सार्वजनिक गरेको प्रतिवेदन अनुसार  आर्थिक वर्ष २०७९/८० मा कुल ५ हजार ९ सय ३५ वटा शंकास्पद कारोबार भएको देखिएको हो 

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा शंकास्पद कारोबार दोब्बर भन्दा पनि धेरै भएको हो। आर्थिक वर्ष २०७८/७९ मा शंकास्पद कारोबारको संख्या २ हजार ७ सय ८० मात्र थियो 

५ हजार ९ सय ३५ कारोबार मध्ये वाणिज्य बैंकले जानकारी गराएको कारोबार संख्या ५ हजार १ सय ८७ रहेको छ । त्यस्तै विकास बैंक २५७ वटा, फाइनान्स कम्पनीले ४४ वटा, लघुवित्त, २८ वटा, रेमिटेन्स कम्पनीले १४६ वटा , सहकारीले एउटा, सेक्युरिटिज कम्पनीले ४६ वटा शंकास्पद कारोबारको जानकारी दिएका हुन् 

राष्ट्र बैंकका अनुसार असार महिनामा सबैभन्दा धेरै शंकास्पद कारोबार भएका विवरण आएका छन् । असारमा ७४५ वटा, चैत्रमा ७४१ वटा र जेठमा ७४० वटा कारोबार भएको पाइएको छ 

त्यस्तै थ्रेसहोल्ड अर्थात् राष्ट्र बैंकले तोकेको अधिकतम सीमा वा सो भन्दा बढी रकमको कारोबार गरेको विवरण भने झन्डै १७ लाख पटक रहेको छ । थ्रेसहोल्ड लेभलमा १६ लाख ९८ हजार ३ सय ९८ पटक कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । जस मध्ये वाणिज्य बैंक मार्फत सबैभन्दा धेरै ११ लाख ७५ हजार २१ पटक कारोबार भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved