डिजिटल बैँकिङ रूपान्तरण गर्दै लक्ष्मी सनराइज बैंक, एफवानसफ्टसँग मिलेर 'ओरेन्जनेक्स्ट' सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2024 | 08:47:45 AM मा प्रकाशित

laxmi  sunrise bank

 लक्ष्मी सन्राइज बैंकले आधुनिक बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ्ग सेवा ओरेन्जनेक्स्ट (OrangeNXT) को थालनी  गरेको छ । एफवानसफ्ट अन्तर्गतको FoneNXT सँगको सहकार्यमा सुरु गरिएको यो सेवा नेपाली डिजिटल बैंकिङ्गको परिदृश्यको रूपान्तरणमा एक महत्वपूर्ण कदम रहेको बैंकले जनाएको छ।

एफवानसफ्टका अनुसार OrangeNXTले मोबाईल बैंकिङ्ग एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्ने देखि लिएर मुद्दती खाता, Goal-Based Deposit जस्ता वित्तीय व्यवस्थापनका उन्नत  सुविधाहरु प्रदान गर्नेछ । ग्राहकहरुको बदलिँदो आवश्यकता अनुकुल बैंकिङ्ग सेवा दिने लक्ष्मी सन्राइज बैंकको प्रतिबद्धतालाई यो पहलले टेवा पुर्याउने कम्पनीले जनाएको छ ।

लक्ष्मी सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहका अनुसार नेपालको  डिजिटल बैंकिङ्गको परिदृश्यको रूपान्तरणमा OrangeNXT कोशेढुङा साबित हुन सक्छ । परम्परागत मोबाईल बैंकिङ्ग सेवालाई समेत समानन्तर रूपमा  विकास गर्दै, OrangeNXT मार्फत बैंकिङ्ग सेवा नपुगेका र विशेष गरी डिजिटल प्रविधिमैत्री युवा तथा विदेशमा रहेका ग्राहकहरुलाई प्रभावकारी बैंकिङ्ग सेवा प्रदान गरिने उनले बताएका छन् । 

foneNXT का प्रमुख कार्यकारी अधिकृत सनत कुमार पौडेलका अनुसार छिटो र प्रभावकारी बैंकिङ्ग प्रदान गर्ने मूलभुत उद्देश्यले OrangeNXT को विकास गरिएको हो । परिकल्पनात्मक सोचबाट प्रेरित यस OrangeNXT ले बैंकिङ्ग अनुभवलाई आमूल परिवर्तन ल्याउदैँ ग्राहकहरुको अपेक्षाहरु पूरा गर्ने उनको विश्वास रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved