नेपाल एसबिआई बैंक र इसेवा मनि ट्रान्सफरबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2024 | 12:07:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंक लि र इसेवा मनि ट्रान्सफर प्रालीबीच ग्राहकहरुलाई लक्षित गरी रेमिट्यान्स रकम भुक्तानी प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार सर्वसाधारण ग्राहकहरुले नेपाल एसबिआई बैंक लि. का सम्पूर्ण शाखाहरु र इसेवाका बिभिन्न एजेन्टहरु मार्फत भुक्तानी सेवा प्राप्त गर्न सक्ने छन्। सम्झौतामा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पण्डा  तथा इसेवा मनि ट्रान्सफर प्रा.लि.का प्रमूख कार्यकारी अधिकृत अजेश कोइरालाले हस्ताक्षर गरेका छन्।

सम्झौता कार्यक्रममा नेपाल एसबिआई बैंक लि. का प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, प्रमूख प्रविधि अधिकृत सूनन्द मलहोत्रा,  प्रमूख व्यवसाय प्रवद्र्घन अधिकृत रितेश अर्यालका साथै इसेवाका इनोभेसन एण्ड अपरेशन म्यानेजर सूमित भण्डारीको  उपस्थित रहेको बैंकले जनाएको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved