बजारमा अधिक तरलता, आज ४० अर्ब खिच्दै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2024 | 09:09:07 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आज माघ २३ गते बजारबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बजारमा अधिक तरलता भइरहेकोले  केन्द्रीय  बैंकले १४ दिन अवधिका लागि सार्वजनिक बोलकबोल मार्फत ४० अर्ब रकम खिच्न लागेको हो । 

 उक्त निक्षेप २०८० फागुन ८ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ । इच्छुक क, ख  र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आज दिउँसो दिउँसो ३ बजेसम्म आवेदन दिन सक्ने जारी सूचनामा उल्लेख छ । 

इच्छुक आवेदकले प्रस्तावित ब्याजदर सहित घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन । उक्त निक्षेप संकलनका लागि न्यूनतम ब्याजदर बोलकबोल प्रक्रिया मार्फत तय हुनेछ । बहुब्याजदरमा बहुबोलकबोल पनि गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved