सिटिजन्स बैंकले बाढ्यो बालबालिकालाई न्यानो कपडा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2024 | 02:55:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनलले बालबालिकालाई न्यानो कपडा सहयोग प्रदान गरेकोे छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आमा घर, गोदावरीका बालबालिकालाई न्यानो कपडा सहयोग प्रदान गरेकोे हो ।

बैंकले चिसो मौसमलाई मध्यनजर गर्दै बालबालिकाहरुको पठनपाठन र दिनचर्यामा समेत मद्दत पुगोस भनेर विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको जनाएको छ । आमा घरमा शुक्रबार आयोजित समारोहका बीच सहयोग स्वरुप न्यानो कपडा हस्तान्तरण गरिएको हो ।

समारोहमा आफू उपस्थित हुन नपाएता पनि बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले आफ्नो संस्थाले सहयोग स्वरूप न्यानो कपडा बालबालिकाहरुलाई दिन पाउँदा समाज प्रतिको उत्तरदायित्व बोध गरेको सन्देश व्यक्त गरे ।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक  आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ । 

बैंकले देशैभरी फैलिएका १९० वटा शाखा, १५२ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख १६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

आमा घर आफ्नो घर र परिवार गुमाएर जोखिममा रहेका घरबारविहीन बालबालिकालाई हेरचाह गर्ने संस्था हो । अभावमा रहेका बालबालिकालाई  घर, शिक्षा, स्वास्थ्य र हेरचाह प्रदान गर्न समर्पित आमा घरमा हाल ४६ जना बालबालिका  आश्रित रहेको जनाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved