नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा भीरकोटमा वित्तीय साक्षरता कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2024 | 04:58:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले स्याङ्गजाको भीरकोट नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। "प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर"  भन्ने नाराका साथ विश्वभर मनाइएको विश्व वित्तीय सप्ताह २०२४ (ग्लोबल मनी विक)को अवसरमा बैंकले पालिकाको भू.पु. सैनिक कम्युनिटी एकेडेमीमा अध्ययनरत  कक्षा ११  र १२ का विद्यार्थीहरूलाई वित्तीय साक्षरता प्रदान गरेको हो। 

बैंकको भीरकोट र वालिङ शाखाको संयुक्त आयोजनामा गरिएको वित्तीय साक्षरता कार्यक्रममा करिब ५० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बैंकको भीरकोट शाखा प्रमुख कमल अधिकारी,वालिङ शाखाका सम्बन्ध प्रवन्धक जीवन प्रकाश सापकोटाले विद्यार्थीहरूलाई वित्तीय साक्षरता प्रदान गरेका  थिए।

कार्यक्रममा विद्यार्थीहरूलाई बचतको महत्त्व , बचत गर्ने तरिका,बचत खाताका प्रकार, लगानी, मोबाइल बैङ्किङ, साइबर सुरक्षा, डिजिटल ठगी र यसबाट बच्ने उपायहरू  लगायतका विषयमा प्रशिक्षण दिइएको थियो। युवाहरूलाई सानै उमेर देखिनै आर्थिक रूपमा सचेत बनाउन विद्यार्थी लक्षित वित्तीय साक्षरताको  कार्यक्रम गरिएको भीरकोट शाखा प्रमुख अधिकारीले बताए।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved