सिद्दार्थ बैंकद्वारा सातै प्रदेशमा वित्तिय साक्षरताको कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2024 | 09:53:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्घार्थ बैंक लिमिटेडले बिद्यार्थीहरुलाई वित्तीय शिक्षा प्रदान गरेको छ। बैंकले ग्लोबल मनी विक अन्तर्गत बिद्यार्थीहरुलाई वित्तिय साक्षरता सम्बन्धि कार्यक्रम गरेको हो। बित्तिय साक्षरता मार्फत सचेत र सशक्त बनाउने उद्देश्यले देशका सातै प्रदेशमा विद्यालय एवं क्याम्पस गरी ३४ स्थानहरुमा बिद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरिएको बैंकले जनाएको छ। 

बित्तिय साक्षरता सम्बन्धि कार्यक्रम मार्फत बैंकले डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा बिद्यार्थीहरुलाई सचेत गराएको थियो। बिद्यार्थीहरुमा वित्तिय ज्ञान, सीप, मनोवृत्ति तथा व्यवहारमा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरिएको बैंकले जनाएको छ।  

बैंककाअनुसार सो कार्यक्रममा १,७६० जना विद्यार्र्थीहरुको सहभागीता रहेको थियो। साथै, विद्यार्थीहरुलाई बैंकको आधारभूत बैकिङ्ग सञ्चालन र विभिन्न बैंकिङ्ग माध्यमहरु सम्बन्धी व्यवहारिक रुपमा शिक्षा प्रदान गर्ने उद्देश्यले ३२४ जना विद्यार्र्थीहरुलाई बैंकको विभिन्न शाखामा भ्रमण कार्यक्रम पनि आयोजना गरिएको थियो ।

बैंकले देशका सम्पूर्ण व्यक्तिमा वित्तीय सेवाको पहुँच पुर्याउने र हरेका वर्ग र क्षेत्रका मानिसलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरण गर्ने उद्देश्यले सो कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved