राष्ट्र बैंकमा अब 'सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा' रहने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2024 | 04:34:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकमा अब सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा रहने भएको छ। नेपाल राष्ट्र बैंकले ' नेपाल राष्ट्र बैंक निरीक्षण तथा सुपरिवेक्षण विनियमावली, २०७४ मा दोस्रो संशोधन गर्दै यस्तो व्यवस्था गरेको ।

दोस्रो संशोधनमा “महाशाखा” भन्नाले सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा र वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा (Financial Inclusion and Consumer Protection Division-FICPD) लाई जनाउँछ' भनि उल्लेख गरिएको छ ।

संशोधन अनुसार वित्तीय बजार आचरणसम्बन्धी निरीक्षण तथा सुपरिवेक्षणको व्यवस्थाः वित्तीय समावेशिता, वित्तीय साक्षरता, बजार आचरण तथा वित्तीय ग्राहक संरक्षणसम्बन्धी विषयको निरीक्षण तथा सुपरिवेक्षणको कार्य तोकिएको कार्य विवरण र कार्यविधिको अधिनमा रही वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले गर्नेछ । उक्त कार्यको लागि महाशाखाले छुट्टै कार्यविधि (Manual), Toolkit  बनाई लागू गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । महाशाखाले Prudential Supervision सँग जोडिएका विषयमा सम्बन्धित सुपरिवेक्षण विभागसँग समन्वय गर्ने संशोधित नियमावलीमा उल्लेख छ ।

नयाँ संशोधन नियमावली जारी भएसंगै नेपाल राष्ट्र बैंक निरीक्षण तथा सुपरिवेक्षण विनियमावली, २०७० खारेज गरिएको छ । यहाँ क्लिक गरेर नयाँ संशोधित नियमावली हेर्न सकिन्छ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved