सरकारले स्थानीय तहको रकम झिक्दा बैंकहरुलाई अप्ठेरो पर्छ: बैंकर्स संघ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2024 | 06:23:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकर्स संघले स्थानीय तहको संचित कोषको रकम निक्षेपमा गणना गर्न नपाउंदा बैंकहरुलाई अप्ठेरो पर्ने बताएको छ। आज संघले आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुनिल केसीले पाईरहेको यस्तो सपोर्ट झिक्दा बैंकहरुलाई अप्ठेरो पर्ने बताएका हुन् ।

स्थानीय तहमा शाखा खोल्दा कतिपय स्थानमा बैंकको संचालन खर्च पनि नउठ्ने हुँदा बिना ब्याज स्थानीय तहको रकम राखेको उनले बताए । सो रकम झिक्दा बैंकहरुलाई अप्ठेरो पर्ने भएकोले यसमा अर्थ मन्त्रालयले हेर्दिनु पर्ने उनले उल्लेख गरे । यसको लागि केहि न केहि 'कम्पनसेट' हुनुपर्ने उनको भनाई छ ।

एमएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका केसीले सो रकमलाई चैत्रसम्म राख्न दिने समझदारी रहेकोमा सो समय अगावै झिक्दा अप्ठेरो पर्ने बताए । अहिले सिडी रेसियो र तरलताको अवस्थामा पनि सहज रहेकोले धेरै ठूलो असर नगर्ने भए पनि यसले अप्ठेरो भने पर्ने उनको भनाई छ ।

त्यस्तै राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यस विषयमा मन्त्रालयले छलफल गरेर मात्र निर्णय गर्नु उचित हुने उल्लेख गरे। कहिलेसम्म गर्ने, कति प्रतिशत गर्ने लगायतका विषयमा छलफल हुनु पर्ने उनले बताए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved