सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो ३९ औ शाखा हेटौंडामा विस्तार गरेको छ । हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हरिबहादुर महत मंगलबार बैंकको शाखा उद्घाटन गरेका हुन् ।
सो अवसरमा महतले बैंक तथा वित्तीय संस्थाहरुले बैकिङ्ग सेवालाई शहरमामात्र केन्द्रितनगरी ग्रामिण तथा सुदुर क्षेत्रका स्थानीयतहहरुमाविस्तार गर्नु पर्ने आजको आवश्यक्ता भएको बताएका थिए । कार्यक्रमका अतिथि उद्योग बाणिज्य संघ हेटौंडाका अध्यक्ष राजकुमार न्यौपानेले डेभलपमेण्ट बैंकले हेटौंडामा शाखा विस्तार गरेकोमा खुशी व्यक्त गर्दै ब्यापारिक कर्जा भन्दा पनि प्रोजेक्टमा आधारित कर्जामा लगानी बढाउँन सुझाव दिनु भयो ।
कार्यक्रममा डेभलपमेण्ट बैंकका अध्यक्ष रामबहादुर भण्डारीले सो शाखामा जडान गरिएको एटिएम मेशिनको उद्घाटन गर्दै डेभलपमेण्ट बैंकको जनता बैंक नेपाल लि.सँग एक्विजिशन सम्बन्धी प्रकृया टुंगिन लागेको जानकारी दिँदै दुई सवल बैंकहरुको एकिकृत कारोवारबाट उच्चस्तरको बैकिङ्ग सेवा अभिबृद्विका लागि सहयोग पुग्ने बताए ।
कार्यक्रममा डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले स्वागत मन्तव्य राख्दै सिद्वार्थ डेभलपमेण्ट बैंक व्यावसायिक तथा साँगठनिक रुपमा सबल डेभलपेण्ट बैंक रहेको र जनता बैंक नेपाललि.सँगको एकिकृत कारोवारले नेपालको बैकिङ्ग क्षेत्रमा एक सवल, सक्षम र उच्च व्यावसायिक बैंकको रुपमा गुणात्मक बृद्धि गरी वित्तीय पहुँच विस्तार गर्ने दृढता व्यक्त गरे ।
शाखा उद्घाटन समारोहमा उद्योगी तथा समाजसेवी अरुण सुमार्गी लगायत हेटौंडाका उद्योगी व्यापारीहरुको उल्लेख्य सहभागिता रहेको थियो । उक्त कार्यक्रम बंैकका उप–महाप्रवन्धकश्री ध्रुवकुमार पौडेलले सञ्चालन गरेका थिए ।
जनता बैंक नेपाललि.सँग एक्विजिशन हुने अन्तिम चरणमा रहेको सिद्वार्थ डेभलपमेण्ट बैंकको एक्विजिशन पश्चात जनता बैंक नेपाललि.का नेपाल भर रहेका ११३ वटा शाखाहरुबाट बैकिङ्ग सेवा सुविधा प्राप्त गर्न सकिने कुराको पनि त्यस अवसरमा जानकारी दिइएको थियो ।