लगानीकर्ताहरुको मनोबिज्ञानमा घुमिरहेको शेयर बजार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 01, 2018 | 11:16:45 AM मा प्रकाशित

laxmi  sunrise bank

शेयर बजारमा कसरी लगानी गर्ने भन्ने सम्बन्धमा सबैको आ आफ्नो अनि फरक फरक धारणा एवं रणनीति पाइन्छ । कोहि अल्पकालीन नाफाको लागि लगानी गर्छन् र सो अनुसारको लगानी रणनीति बनाउछन । केहि दीर्घकालिन नाफाको लागि लगानी गर्छन् र सो अनुसारको आफ्नो लगानी रणनीति बनाउछन । केहि प्राबिधिक विश्लेषण आधारलाई आधार मानी लगानी रणनीति बनाउछन । कोहि कम्पनीको बित्तीय विवरण एवं अन्य कुराहरु हेरि लगानी रणनीति बनाउछन । जसले जता बाट जे सुकै कुरा हेरे पनि सबैको अन्तिम एवं साझा लक्ष्य भनेको नै बजार बाट नाफा कमाउनु नै हो ।

अहिलेको नेपालको शेयर बजार के को आधारमा चलेको होला त भन्ने सबैमा जिज्ञासा हुनु स्वभाविक नै हो । यसको लागि एक छिन बजारको गतिविधि नियालेर हेर्ने हो भने के देखिन्छ भने बजार बढ्यो भने सबै कम्पनीको मुल्य बढी बजार हरियो हुने गर्छ । बजार घट्न थाल्यो भने सबै कम्पनीको मुल्य घटी बजार रातो हुने गर्छ । यसले के देखाउछ भने बजार बढ्न थाल्यो भने खरिद चाप बढाउने र घट्न थाल्यो भन्यो बिक्री चाप बढाउने । यसको सोझो अर्थ के हो भने अहिलेको नेपालको शेयर बजार मास साईकोलोजिमा आधारित छ । अझ रोचक कुरा त के छ भने कुनै प्राबिधिक बिश्लेषकले कुनै बिन्दु सम्म बजार घट्छ वा बढ्छ भन्यो भने त त्यो बिन्दुलाई सबैले कुरेर नै बस्ने अनि खरिद बिक्रिको निर्णय गर्ने ।

भरखरै अर्थमन्त्री द्वारा प्रस्तुत बजेटमा नेपालको पुजिबजारको लागि सबै कुरा सकारात्मक नै छन् तर एउटा मात्र क्यापिटल गेन ट्याक्स ५ % बाट ७.५०% पुर्यायो । यसलाई मिडियाहरुले कसरी प्रस्तुत गरे भने पुजिबजारको लागि धेरै सकारात्मक कुराहरुलाई गौणमा राखेर त्यो एउटा नाफामा बिक्री गर्दा लाग्ने करमा थोरै वृद्धि गरिएको कुरालाई धेरै हाइलाइट गरियो । अब शेयर बजारमा ठुलो भुकम्प नै आउने वाला छ , त्यहि क्यापिटल गेन ट्याक्सको कारण बजार ध्वस्त नै हुनेवाला छ , लगानीकर्ताहरु त्रसित बनाइयो अनि बजेट पछि बजार घट्न पुग्यो । यदि उक्त एउटा सामान्य वृद्धिलाई गौण बनाई अरु धेरै सकारात्मक कुराहरुलाई हाईलाइट गरेको भए बजेट पछि अवश्य पनि बजार बढ्ने नै थियोे । बजेट पछि बजार घट्नुको कारण मास साईकोलोजीलाई सकारात्मक तर्फ भन्दा पनि नकारात्मक तर्फ उत्प्रेरित गरियो ।

अहिलेको बजार निरन्तर घटिरहेको छ । अहिले बजारमा दीर्घकालीन लगानीकर्ताहरु भन्दा पनि अल्पकालीन लगानीकर्ताहरुको बर्चस्व छ । यो हुनुको कारण के हो भने अहिले थोरै नाफा छ भने पनि बुक गरि हालौ पछि यो भन्दा सस्तोमा किन्न पाइन्छ वा बजार कता जान्छ कुनै निश्चित नै छैन भन्ने मास साईकोलोजी सोच छ । अनि बजार निरन्तर उकालो लाग्न सकेको छैन ।

बजारमा कुनै हल्ला फैलियो भने पनि त्यो कुनै आधिकारिक पुष्टि बिना नै एक कान दुई कान मैदान हुदै सबै ब्रोकरहरुकोमा सजिलै पुग्छ । अनि मासले त्यसैलाई आधार बनाएर खरिद बिक्रिको निर्णय गर्छ र त्यसको असर बजारमा तुरुन्तै देखिन्छ ।

अहिलेको बजारमा लगानी गर्ने लगानीकर्ताले अन्य कुराहरुको अतिरिक्त मास साईकोलोजी पनि अध्ययन गर्नु जरुरी देखिन्छ । कम्पनी जतिसुकै राम्रो किन नहोस् त्यसलाई बजारमा नराम्रो हल्ला फिजाइको छ भने त्यसको मुल्य घट्छ । कम्पनी नराम्रो छ भने पनि यदि बजारमा उक्त कम्पनी राम्रो भन्ने हल्ला फिजाइएको छ भने उक्त कम्पनीको मुल्य बढ्छ ।

मास साईकोलोजी अब बजार घट्छ है भन्ने ट्रेण्डमा छ भने जतिसुकै राम्रो कम्पनीको जतिसुकै राम्रो न्युज आए पनि मुल्य घट्छ । यदि मास साईकोलोजी अब बजार बढ्छ है भन्ने ट्रेण्डमा छ भने बजार बढ्छ । अत अहिलेको बजार अत्यन्त संबेदनसिल अवस्थामा छ । अन्त्य कुराहरुको अतिरिक्त मास साइकोलोजीले नै बजारलाई ठुलो प्रभाव पारिरहेको छ । लगानीकर्ताहरुको मनोबैज्ञान अनुसार नै बजार घुमिरहेको छ ।

लेखक शेयर बजार विश्लेषक हुन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved