सबै धर्मावलम्बीलाई हुनेगरी एनडीएच मसला बजारमा, सबैको किचनमा पुग्ने लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2024 | 10:32:00 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजित नेपाल १७ औँ अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१मेलामा एनडीएच मसलाको पनि स्टल रहेको छ । उक्त स्टलमा एनडीएचका विभिन्न प्रकारका गरम मसलाहरु प्रदर्शनीमा छन् । 

एनडीएच मसला एक नेपाली ब्राण्ड हो । यस मसलाले नेपाली तथा विदेशीको भान्सालाई स्वादिष्ट बनाउन प्रयास गरिरहेको कम्पनीले अज्नाएको छ । 

एनडीएच मसला कम्पनी विदेशी मसलाका कम्पनीका उत्पादनहरुलाई विस्थापित गर्ने उद्देश्यले  स्थापना गरिएको  कम्पनीका सञ्चालक कमल सिंहले जानकारी दिएका छन् । “एनडीएच मसलाको कम्पनी विदेशी मसलाका उत्पादनहरुलाई विस्थापित गर्ने उद्देश्यले स्थापना गरिएको हो”, उनले भने,“विदेशीहरुले नेपालीहरु गरिब छन् जस्तो पनि खान्छन् भनेर गुुणस्तर हिन मसलाहरु बिक्री गर्ने गरेका छन् । त्यसैले त्यस्ता कम्पनीको उत्पादनलाई विस्थापित गर्न एनडीएच मसला स्थापना गरिएको हो ।”

उनका अनुसार एनडीएचका मसलाहरु ५० भन्दा बढी प्रकारका स्वादमा बजारमा उपलब्ध छन् । यो ब्राण्डका मसलाहरु देशका प्रमुख सहरहरुमा मात्र नभएर विदेशमा निर्यात हुने गरेको छ ।यसका  साथै, एनडीएचले १०० प्रतिशत प्राकृतिक कच्चा पदार्थको प्रयोग गरेर मसला बनाउने भएकाले उपभोक्ताले अहिलेसम्म कुनै पनि गुुनासो नगरेको उनले बताए । 

“हामीले कुुनै पनि मिसावट बिना १०० प्रतिशत प्राकृतिक कच्चा पदार्थ प्रयोग गरेर एनडीएच मसला बनाउछौं”, उनले भने,“हामी जस्तो खान्छौं उपभोक्तालाई पनि त्यस्तै दिन्छौं, त्यसैले कसैले पनि आजसम्म मसलाबारे गुनासो गर्नुु भएको छैन । यो ब्राण्डका मसला प्रयोग गरिसकेपछि उपभोग्ताले दिने प्रतिक्रिया पनि धेरै राम्रो छ । थोरै प्रयोगमा मज्जाको स्वाद भन्ने मुल नाराका साथ कम्पनी अघि बढिरहेको छ ।” 

काठमाडौंको बूढानीलकण्ठमा रहेको उद्योगबाट उत्पादन गरिएका एनडीएच ब्राण्डका उत्पादन देशैभर डिलरमार्फत बिक्री वितरण हुँदै आएको छ ।  कम्पनीले एनडीएच मोबाइल एप पनि बनाएको छ ।   एपबाट एनडीएचका मसलाहरु खरिद गर्न सकिने सञ्चालक सिंह बताउछन् । 

उनका अनुसार १०० जना युवालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको कम्पनीले सुद्ध नेपाली ब्रान्डमा २०७३ सालदेखि निरन्तर मसला उत्पादन गर्दै आइरहेको छ । 

 नेपालमा सबै धर्मालम्बीले प्रयोग गर्न सक्नेगरि यो मसला तयार गरिएको  सञ्चालक सिंह बताउछन् ।  नेपालको आधिकारिक निकायबाटै लाइसेन्स लिएर 'हलाल' मसाला तयार गरिएको उनको भनाई छ। पढ्न पनि सजिलो होस् भन्ने उदेश्यले नेपाली अंग्रेजी भाषासंगै उर्दु र अरेबिकमा पनि लेखिएको उनले बताए। 

"अहिले नेपाली बजारमा बिदेशी कम्पनीका मसालाको दबदबा छ। त्यसलाई चिर्नको लागि र भविष्यमा नेपालमा उत्पादित मसालामै आत्मनिर्भर हुनेगरी हामीले पचास प्लस भेरिटीका मसला तयार गरेका छौँ" उनले भने, 'अबको छोटो समयमा हामीले नेपाली बजारमा आफुलाई पूर्ण रुपमा स्थापित गर्नेछौं।"

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved