दुरसञ्चार सेवाप्रदयाक कम्पनी स्मार्ट सेलले एक पैसामै जुनसुकै नेटवर्कमा कल गर्न सकिने अफर ल्याएको छ। कम्पनीले ‘फस्ट् रिचार्ज’ नामक अफरमा यस्तो सुबिधा दिएको हो । स्मार्टसेलको सिमकार्डमा गरिने पहिलो रिचार्जमा सो अफर दिइएको हो।
अफर अन्तर्गत प्रति सेकेण्ड कलका लागि एक पैसामै जुनसुकै नेटवर्कमा कल गर्न सकिने छ।
त्यस्तै सिमको खरिदमा ५०० एमबी फोरजी डाटा, ५०० एमबी बोनस, स्मार्टटुस्मार्ट ९९ एमएमएस तथा ३० दिनसम्म भाइबर र वाट्स्यापमा कुनै शूल्क लाग्ने छैन्। यस अफर एक्टिभेट गर्न *१४१*१*१*२# डायल गर्नुपर्ने कम्पनीले जनाएको छ।
कम्पनीका सेवाहरु बुझ्न स्मार्ट प्रयोगकर्ताले ४२४२ मा र अन्य प्रयोगकर्ताले 9611004242 मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीले हालै परिक्षणको रुपमा काठमाडौं उपत्यका र पोखराबाट फोर जी सेवा सुरु पनि गरेको छ ।