के.एल. दुगड ग्रुप अन्तर्गतको कम्पनी बिकास फ्लोर मिल प्रा लिलाई उत्कृष्ट गुणस्तरीय खाद्य उद्योग अवार्ड प्रदान गरिएको छ । दशौँ राष्ट्रिय खाद्य स्वच्छता दिवस, २०७५ को अवसर पारेर कृषी, भुमी ब्यबस्था तथा सहकारी मन्त्रालय अन्तर्गतको खाद्य प्रबिधी तथा गुणनियन्त्रण बिभागले सम्मान गरेको छ ।
के.एल. दुगड ग्रुपले ज्ञान चक्की आँटा, ज्ञान मैदा, ज्ञान लिटोहरु उत्पादन गर्दै आएको छ । कम्पनीका उत्पादनहरु मानव स्वाथ्यको उत्कृष्ट रहेको भन्दै नेपाल सरकारले स्वछ र गुणस्तरीय खाद्य पदार्थहरु उत्पादन गर्ने ठुला तथा मझौला उद्योगहरु मध्ये उत्कृष्ट उद्योगको रुपमा सम्मान गरेको हो ।