सिप्रदीले ल्यायो युवालाई विदेश जान रोक्ने योजना, १२ लाखमै टाटा सुमो

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 07, 2018 | 11:32:19 AM मा प्रकाशित

laxmi  sunrise bank

सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडले १२ लाखमै टाटा सुमो यपलब्ध गराउने भएको छ । निःशुल्क तालिम र रुटको सहितको टाटा सुमोगोल्ड जिप दिने भएको हो । 

सिप्रदीले ड्राइभिङ र मेकानिकल तालिम, सुलभ फाइनान्स, १ वर्षको बीमा सहित सुरुमा १२ लाख रुपैयाँ बुझाएपछि सुमो दिने भएको छ । टाटा मोटर्सको नेपालको आधिकारिक बिक्रेता सिप्रदीले ‘आफ्नो गाडी आफै सवारी’ नामक अभियान पनि सुरु गरेको छ । 

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालीमा रहेका र काम गर्न इच्छुक युवा तथा विदेश गएर फर्केका युवाहरुले पनि यस अभियानमा भाग लिन सक्ने बताए । 

नेपालमा टाटाको ५७ वटा वर्कसप, ४५ वटा सोरुम र २४ वटा मोवाइल भ्यानहरु संचालनमा रहेका छन् । नेपालमा अहिले ७० भन्दा बढि रुटमा ५ हजार टाटा सुमोहरु संचालनमा छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved