टाटा मोटर्स कार मेला काठमाडौँमा सुरु हुँदै, यस्ता छन अफर

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 16, 2018 | 01:38:25 PM मा प्रकाशित

laxmi  sunrise bank

टाटा मोटर्सको कार मेला भदौ १ गतेबाट काठमाडौँमा सुरु हुँदै छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. हरेक वर्ष कार मेला आयोजना गर्दै आएको छ । मेलाको यो छैठौँ सिजन हो । 

कम्पनीले मेलामा ५ वटा मुख्य आकर्षण रहेको जनाएको छ । टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, ४ लाख सम्मको विषेश छुट, २ लाख सम्मको एक्सेंज बोनस, अन द स्पट फाइनान्स र बिमा सुबिधा, टेस्ट ड्राइभ रहेका छन् । 

कम्पनीले गोलाप्रथाद्धारा १ जोडीलाई यूरोप टुर, १ जोडीलाई थाइल्याण्ड टुर, १ थान हिराको औठी, २ जाना लाई २ वर्षको निःशुल्क सर्भिसिङ्ग, ३ जना लाई कम्प्रिहेन्सिभ इन्स्योरेन्स र १ जना लाई ६ महिना को निःशुल्क इन्धन पाउने व्यवस्था पनि गरेको छ । 

प्रत्येक भ्यालुयेसनमा २ जनाको लागी फिल्म टिकट र गोला प्रथा मार्फत १ जनालाई वासिंग कुपन र १ जनालाई फुल ट्यांक इन्धन दिनेछ । मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । ३ दिन सम्म चल्ने मेलामा ग्राहकले सिप्रदलिे दिने अफर प्रयोग गरेर टाटाका गाडी खरिद गर्ने कम्पनीको विश्वास छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved