दशैँमा सि.जी. को सामान किन्दा ३६ प्रतिशतसम्म पैसा फीर्ता

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 26, 2018 | 03:21:54 PM मा प्रकाशित

laxmi  sunrise bank

इलेक्ट्रोनिक्स् ब्राण्ड सि.जी. ले दशैं, तिहार तथा छठलाई लक्षित गर्दै ‘यसपालीको चाडमा, सि.जी. लाग्यो घरघरमा’ नामक योजना ल्याएको छ । योजना अन्तर्गत ग्राहकहरुले सि.जी. ब्राण्डका इलेक्ट्रोनिक्स् सामानहरुको खरिदमा ३६ प्रतिशतसम्म क्यासब्याक पाउने छन् । त्यस्तै १० वर्षसम्मको वारेन्टी सहित अन्य विभिन्न योजना पनि रहेको सि.जी. ले जनाउको छ । 

हरेक हप्ता रेफ्रिजरेटर तथा टेलिभिजन जित्ने अवसर र बम्पर उपहारमा एक जोडीलाई थाईल्याण्ड घुम्ने अवसर पनि रहेको छ बताईएको छ । सि.जी. ब्राण्डका रेफ्रिजरेटरहरुको खरिदमा ६० महिनाको वारेन्टी, २१% सम्मको क्यास ब्याक हुने कम्पनीले जनाएको छ । सि.जी. ब्राण्डका वाशिङ्ग मेशिनहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी पनि रहेको छ ।

कम्पनीले यो योजना असोज १० गतेबाट सिमित अवधिका लागि मात्र लागु गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved