सिटीसी मोबाइल हबमा तिहार लक्षित मोबाइल मेला, ६० प्रतिशतसम्म छुट

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 25, 2018 | 03:31:37 PM मा प्रकाशित

laxmi  sunrise bank

राजधानीको सिटीसी मलमा रहेको मोबाइल हबमा तिहार धमाका मोबाइल मेला सुरु भएकोे छ । हबले मेलामा छुटका साथै अफर भित्रको अफर योजना पनि ल्याएको हो । छुटमा मोबाइल उपलब्ध गराउन मेला आयोजना गरिएको हबले जनाएको छ । 

कार्तिक २२ गतेसम्म सञ्चालन हुने मेलामा मोवाइल खरिद गर्ने ग्राहकले ६० प्रतिशतसम्म छुट पाउनेछन । त्यस्तै शुन्य प्रतिशत व्याजदरमा किस्ता बन्दीमा समेत मोबाइल किन्न सक्ने छन् । हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर राखिएको मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले जानकारी दिए । 

एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै मोबाइल सट्टापट्टा पनि गर्न सकिनेछ । मेला हेर्न आउनेलाई समेत गोलाप्रथाबाट विभिन्न ब्रण्डका मोवाइल निशुल्क दिईने बताईएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved