
ओपोले आफ्नो लोकप्रिय ए सिरिज अन्तर्गत जेन जी पुस्ताकालागि लक्षित नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने मितिको घोषणा गरेको छ। ओप्पोले “एनाइन २०२०” यही असोज ६ गते सार्वजनिक गर्ने जनाएको छ।
एनाइन २०२० का साथै कम्पनीले सोहीदिन “ए फाइभ २०२०” पनि सार्वजनिक गर्ने जानकारी भएको छ। “एनाइन २०२०” र “एफाइभ २०२०” दूबै मध्यमबर्गिय स्मार्टफोन बजार लक्षित उत्पादनहरु भएको कम्पनीले जनाएको छ।
दूबै फोनमा उत्कृष्ट फोटोग्राफी क्षमता, सुन्दर डिजाइन र लामो समय टिक्ने ब्याट्री उपलब्ध गरिएका छन। फोटो ग्राफीका लागि उत्कृष्ट क्यामेरा, आकर्षक डिजाइन र लामो समय टिक्ने ब्याट्री क्षमता रहेको छ। नेपाली बजारमा यी दुवै फोनको मुल्य असोज ६ गते नै सार्वजनिक गरिने कम्पनीले जनाएको छ।