बस्नेतको 'सहकारी कानुन सङ्ग्रह' पुस्तक बिमोचन हुँदै, सहकारीकर्मीको लागि उपयोगी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2019 | 01:14:00 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकर सहदेब बस्नेतको दोस्रो पुस्तक 'सहकारी कानुन सङ्ग्रह' बजारमा आउने भएको छ। यहि पुष ३ गते काठमाडौंको भिर्कुटि मण्डपमा आयोजना गरिएको राष्ट्रिय सहकारी बैंकको बार्षिक साधारणसभाको अवसरमा उक्त पुस्तकको बिमोचन हुने भएको छ।

एकै प्रकृतिका सहकारीहरूको एकीकरण आवश्यकता र बाध्यता हुने हुँदा सो तर्फ समयमै उपयुक्त पार्टनरको खोजी गर्नुपर्ने देखिएकाले यो पुस्तकले सहकारी एकीकरणको लागि अन्यौलमा रहेका सहकारीकर्मीहरुका लागि यो पुस्तक कोसेढुंगा साबित हुने पुस्तकका लेखक शहदेब बस्नेतले बताएका छन।  

पुस्तकले सहकारी नियमनका लागि स्थानीय तहलाई जिम्मा दिइएको परिवेश तथा अधिकांश सहकारीहरु कार्यक्षेत्र, उदेश्य, प्रकृति, कार्य आदि कारणले ऐन नियम तथा नियमावली र कार्यविधिहरुको पालना गरि सहकारी सृद्दीकरणमा राज्यलाई सहयोग पुग्ने बस्नेतको बिश्वास छ।

'देशमा रहेका ३५००० प्लस सहकारीको क्षेत्रीय, भौगोलिक स्वभाव, कार्यप्रकृति आदिको आधारमा मर्ज तथा प्राप्ति भई सबल र सक्षम सहकारी बन्न र सहकारीद्वारा आर्थिक पारदर्शिता, वित्तीय अनुसासन कायण गर्न यो पुस्तकले सहयोग गर्नेछ' बस्नेतले भने। 

यस पुस्तकमा सहकारी ऐन-२०७४, सहकरी नियमावली-२०७५, सम्पति शुद्दिकरण निवारण सम्बन्धि सहकारी संघसंस्थालाई जारि गरिएको निर्देशन २०७४, सहकारी संस्थाहरुको मर्जर प्राप्ति को आवश्यकता र सोका लागि आवश्यक प्रकृया सहित सहकारी संघ संस्था एकीकरण सम्बन्धित कार्यविधि २०७० समेतको लेखन, टिप्पणी र विवेचना रहेको छ।     

बस्नेत हाल एक बाणिज्य बैंकका शाखा प्रमुखका रुपमा कार्यरत छन। उनले बैंकिङ कानुन, लेखा तथा वित्तसास्त्रमा शैक्षिक योग्यता हासिल गरेका छन।  उनले आफ्नो करियर नै बचत तथा ऋण सहकारी संस्थाबाट सुरुवात गरेका हुन्। सहकारीको प्रबन्धक, कार्यकारी अध्यक्ष, लेखा समिति संयोजक हुँदै तत्कालिन टुरिजम डेभलपमेन्ट बैंकमा कम्पनी सचिबका रुपमा काम गरेका बस्नेतले यसअघि 'सहकारी ज्ञानसागर' पुस्तक लेखेका छन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved