बतास अर्गनाइजेसनलाई आइसरको दक्षिण एसियाकै उत्कृष्ट डिलर अवार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2020 | 10:01:07 PM मा प्रकाशित

laxmi  sunrise bank

बतास अर्गनाइजेसनले दक्षिण एसियाका डिलरहरुमध्ये उत्कृष्ठ डिलरको अवार्ड प्राप्त गरेको छ।  भारतको भोल्भो आइसर कमर्सियल भेइकल लिमिटेडले नेपालको बतास अर्गनाइजेसनलाई उक्त अवार्ड प्रदान गरेको हो। 

कम्पनीले गत वर्ष हेभी ड्युटी ट्रक सेग्मेन्टमा सबैभन्दा बढी परिमाणमा बिक्री गर्न सफल भएवापत यो अवार्ड प्राप्त गरेको अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले जानकारी दिए । उनका अनुसार बतासले यो अवार्ड विश्वव्यापी प्रतिस्पर्धाबाट पाएको हो । बतास अर्गनाइजेसन अन्तर्गतको इष्टर्न एजेन्सी प्रालि आइसरको अधिकृत विक्रेता हो ।

बतास अर्गनाइजेसनले दक्षिण एसियाको उत्कृष्ट डिलरसँगै ‘हेभी ड्युटी ट्रक सेल्स इन ओभरसिज’ शीर्षकमा अवार्ड पाएको छ। बिहीबार आयोजित भर्चुअल कार्यक्रममार्फ यो अवार्डको घोषणा गरिएको हो। 

कार्यक्रममा बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले इस्टर्न मोटर्समार्फत आइसरलाई नेपाली बजारमा स्थापित गर्न सहयोग गर्ने सबै कर्मचारी तथा शुभेच्छुक र सहयात्रीप्रति कृतज्ञता प्रकट गरे। 

“यो प्रतिष्ठित अवार्ड प्राप्तिको खुसी म आइसर र इष्टर्न परिवारमा बाँड्न चाहान्छु” अध्यक्ष बतासले भने, “हाम्रा सहकर्मीहरुको अथक प्रयास र कर्मशीलताबिना यो प्रतिष्ठत अवार्ड सम्भव थिएन ।”

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved