सिजीको घरायसी सामग्री किन्दा ३० प्रतिशत सम्म छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2020 | 09:22:25 AM मा प्रकाशित

laxmi  sunrise bank

इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले विभिन्न अफरहरु सहितको “कुशल स्वास्थ्य असल पर्व” नामक योजना ल्याएको छ । कम्पनीले नेपालीहरुको महान चाड दशैं तथा तिहार पर्वलाई मध्यनजर गर्दै ल्याएको उक्त योजना अन्तर्गत ग्राहकले विभिन्न नगत छुट र हात खाली नजाने पक्का उपहार प्राप्त गर्नेछन् । 

योजना अन्तर्गत ग्राहकलाई सिजीका कुनै पनि घरायसी सामाग्रीको खरिदमा ३० प्रतिशत  नगद छुट र हात खाली नजाने पक्का उपहारहरु प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार सिजीको कुनैपनि एलईडि. टिभीको खरिदमा ३० प्रतिशत सम्मको नगद छुट र ४३ इन्च र सो देखि माथिका टिभीहरुमा निशुल्क जडानको सुविधा रहेको छ । त्यस्तै साईड बाई साईड, मल्टिडोर रेफ्रिजेरेटर र फ्रन्ट लोड वासिङ मेसिनमा पिजनको मिक्चर र नगद छुट रहेको छ । डाबल डोर रेफ्रिजेरेटरमा भने सिजीको ३ लिटरको भिन्टेज प्रेसरकुकर र नगद छुट रहेको कम्पनीले जनाएको छ । 

यस्तै, विभिन्न सामानहरु सिङगल डोर रेफ्रिजेरेटर, सोकेश, चेस्ट फ्रिजर र स्पिकरमा आकर्षक नगद छुटको व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ । यस्तै ग्राहकले टपलोड तथा सेमिअटोमेटिक वासिङ मेसिनमा सि.जी.कै स्टिम आईरन र माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट प्राप्त गर्ने जनाइएको छ । एसिमा भने निशुल्क जडानको योजना रहेको छ । 

योजना सिजीले यहि भाद्र २९ गते २०७७ साल देखि नेपाल अधिराज्यभरि सिमित अवधिकालागि लागू हुने जनाएको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved