८० प्रतिशतसम्मको छुटमा ग्यापुको सेल, स्कुटर जित्ने मौका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2020 | 01:31:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली ई कमर्स कम्पनी ग्यापु मार्केटप्लेसले सबै इलेक्ट्रोनिक्स सामानमा सेल उपलब्ध गराउँदै नोभेम्बर ११ को लागि इलेभेन-इलेभेन सेलको घोषणा गरेको छ। इलेक्ट्रोनिक्स सामानमा ८० प्रतिशत सम्म छुटसहित कम्पनीले सेलको घोषणा गरेको हो ।

कम्पनीका अनुसार सेलमा सि एफ मोटर्सको बाइक र गाडी र टुनबालको इलेक्ट्रीक स्कुटर एक्सक्लुभिक्स मुल्यमा उपलब्ध हुने छ। नोभेम्बर ११ का दिन गरिएको सपिङको दोश्रो दिन डेलिभरी हुने ग्यापुका अध्यक्ष ज्ञानेन्द्र खड्काले बताए। इलेभेन-इलेभेन सेलमा सपिङ्ग गर्ने मध्ये १ जनालाई सप्राइज बम्पर उपहार दिइने खड्काले बताए। उनका अनुसार इलेभेन-इलेभेन सेलमा सामान खरिद गर्नेले दशैं तिहार धमाकाको बम्पर लगायतका उपहारमा समेत सहभागी हुन पाउने र टुनुवाल स्कुटर जित्ने मौका पनि रहेको छ।

ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट (gyapu.com) मार्फत अर्डर गर्न सकिन्छ । ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे , सेल पे, खल्ती, आइएमइ पे कनेक्ट आइपिएस र इ-सेवा मार्फत भुक्तानी गर्न सक्ने र डेलिभरिकै बेला बिश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुबिधा समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ। ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्ने छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved