सिजीले ल्यायो विद्युत कम खपत गर्ने एसी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 25, 2020 | 12:57:04 PM मा प्रकाशित

laxmi  sunrise bank

इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्ने एसी बजारमा उपलब्ध गराएको छ । कम्पनीले बाढदो जाडोलाई मध्यनजर गर्दै कम विजुलि खपत हुने उक्त एसीहरु बजारमा ल्याएको हो । 

कम्पनीले हालै “ हर मौसममा बचत “ नामक योजना ल्याएको छ । जसको उदेश्य जाडो याममा जीवन सरल, सहज बनाउदै विधुतमा पनि वचत गराउनु रहेको कम्पनीले जनाएको छ । 

सिजी ब्राण्डका इन्र्भटर एसीहरु किफायतीदाममा सर्बत्र बजारमाउपलब्ध छन । सिजीका एसीहरु तीन प्रकारमा विभाजन गरिएको छ । जसमा इन्र्भटर वाल माउन्ट, स्प्लिट टाईप एसी, अन अफवाल माउण्न स्प्लिट टाईप एसी र सिलिङ क्यासेट टाईप एसी रहेका छन् । 

५ वर्षको वारेण्टी पाउनुका साथै काठमाडौं क्षेत्रभित्रमा २४ घण्टा भित्रनै जडान गरिदिने व्यवस्था पनि रहेको कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved