नेपालमा सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि. ले उदयपुरको गाईघाटमा १२ औं सामसङ्ग डिजिटल प्लाजा सञ्चालनमा ल्याएको छ । कम्पनीले गाईघाटमा पूर्ण सुविधायुक्त नयाँ शोरूम ‘कालिका सप्लायर्स् एण्ड ट्रेडर्स’ को उद्घाटन गरेको हो ।
शोरूमको उद्घाटन हिम इलेक्ट्रोनिक्सका उपाध्यक्ष प्रभाकर शमशेर थापाले गरेका हुन् ।
नयाँ प्लाजाको बारेमा थापाले भने, ‘हामी हाम्रो नयाँ सामसङ्ग डिजिटल प्लाजा उदयपुरको गाईघाटमा शुरु गर्न पाउँदा खुसी छौं । यो विस्तारसँगै गाईघाटका ग्राहकहरु किसिमले लाभान्वित हुनेछन् भन्ने हाम्रो विश्वास छ ।’
सामसङ्गडिजिटल प्लाजामा कम्पनीका सबै उत्पादनहरू (एलईडी टिभी, फ्रिज, वाशिंग मेशिन, माइक्रोवेभ ओभन र मोबाइलफोनहरु) उपलब्ध छन् । यसबाहेक हिम इलेक्ट्रोनिक्सले उपत्यकाभित्र रहेका ६ वटा सामसङ्ग डिजिटल प्लाजा र उपत्यकाबाहिर विभिन्न स्थानमा रहेका पाँचवटा सामसङ्ग डिजिटल प्लाजामार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।