मंगलबारबाट दराजको ‘हाट बजार’: यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2021 | 05:23:22 PM मा प्रकाशित

laxmi  sunrise bank

अनलाइन सपिङ प्लेटफर्म दराजले फागुन ११ देखि ‘दराज हाट बजार’ सुरु गर्ने भएको छ । यो अभियानका साथ दराजले ग्राहकहरुको लागि महा डील, शून्य व्याजमा सजिलो मासिक किस्ता (ईएमआई), खेल १ रूपैयाँको, निः शुल्क वितरण, निः शुल्क भाउचरहरु जस्ता प्रस्तावहरु ल्याउने भएको छ । 

ग्राहकहरुले दराज हाट बजारमा ५ लाख भन्दा बढी उत्पादनहरू खरिद गर्न सक्नेछन् । जसमा हरेक प्रकारका लुगा कपडा, नयाँ ग्याजेट, किराना, इत्यादी सामानहरू पर्दछन् । 

खेल १ रूपैयाँकोमा भाग लिने ग्राहकले १९ हजार ९९९ मूल्यको नयाँ “मोटोरोला जी प्ले” जस्ता पुरस्कार १ रुपैयाँमा जित्न सक्नेछन् । यस बाहेक १५ हजार ९९० मूल्यको “अनर वाच म्यगिक” घडी, २१ हजार ७२५ पर्ने “तिन सेटको कामिलिंत जक सफ्ट साइड स्पिनर सुटकेस” पनि जित्न सक्नेछन्। यी बस्तुसहित ७ हजार ८४५ पर्ने  “छ महिनाको डिश होम इन्टर्नेट प्याकेज” पनि जित्न सकिने दराजले बताएको छ । 

खेलमा भाग लिन बैंक कार्डमार्फत दराज एपमा दिइएको भाउचर कोड प्रयोग गरि १ रुपैयाँमा भुक्तानी गर्न सक्दछन् । यदि जितेनन् भने रकम फिर्ता हुनेछ ।

दाराजले नेपालका ४ वाणिज्य बैंकहरू एनआईसी एशिया, सनराइज, सिटिजन्स र माछापुच्छ«ेसँग साझेदारी गरि सजिलो मासिक किस्त सेवा (ईएमआई) शुरू गरेको छ । यी बैंकका ग्राहकले उनीहरूको क्रेडिट कार्डको साथ आफुलाई मनपरेको उत्पादनहरू शून्य ब्याज र शून्य डाउनपेमेन्टमा खरिद गर्न सक्नेछन् । 

यसबाहेक, ग्राहकहरूले दराज बैंक डेज छूट मार्फत डेबिट र क्रेडिट कार्ड बाट प्रीपेमेन्ट गर्दा थप १५ प्रतिशत (५०० सम्म) छुट पाउन सक्छन । यो अफर प्रत्येक दिन एकल बैंकमा सीमित छ । 

आइतवारः सिद्धार्थ बैंकबाट १५ प्रतिशत सम्म छूट (अधिकतम ५००) 

सोमबारः सानिमा बैंकबाट १० प्रतिशत सम्म छूट (अधिकतम ५००) 

बुधवारः एनआईसी एशिया बैंकबाट १० प्रतिशत सम्म छूट (अधिकतम ५००)

शुक्रवारः नाबिल बैंकबाट १० प्रतिशत सम्म छूट (अधिकतम ५००)

शनिवारः स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट १० प्रतिशत सम्म छूट (अधिकतम ५००)

दराजले आफ्नो वितरण सेवा उपत्यका बाहिरका २० नयाँ स्थानहरुमा विस्तार गरेको छ । बर्दिबास, भीमदत्त, महेन्द्रनगर, छिरेश्वरनाथ, दमौली, देवदाह, गैँडाकोट, कलैया, कपिलवस्तु, कावासोती, खैरहानी, लाहान, लेखनाथ, लुम्बिनी सांस्कृतिक, रामग्राम, राप्ती, रत्ननगर, साइनामाइना, सुनवल, तिलोत्तमा र जलेश्वरमा सेवा विस्तार गरिएको दराजले जनाएको छ । 

नयाँ प्रयोगकर्ताहरूले २०० मूल्य भएको पहिलो अर्डर भाउचर निः शुल्क पाउने बताईएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved