दराजले घोषणा गर्यो 'नव वर्षको भव्य सेल', यस्ता छन् अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2021 | 07:34:48 PM मा प्रकाशित

laxmi  sunrise bank

अनलाइन बजार, दराजले नव वर्षको भव्य सेलदराज नव वर्ष २०७८ सुरु हुने घोषणा गरेको छ। कम्पनीले चैत्र २९ देखि नव वर्षको भव्य सेल हुने जनाएको हो


दराजले आफ्ना ग्राहकहरुलाई आश्चर्यजनक डिलहरू, रमाइलो अफरहरु, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहारमा नयाँ ड्याटसन रेडी गो जित्ने अवसर लिएर आएको जनाएको छ सेलमा ग्राहकहरुले सिमित डेबिट क्रेडिट कार्डबाट प्री-पेमेन्ट गर्दा रु १००० देखि रु १५०० सम्मको छुट् पाउन सक्ने दराजले जनाएको छ । डेबिट कार्ड धारकहरूले रु १००० सम्मको थप छुट पाउनेछन् क्रेडिट कार्ड धारकहरूले रु. १५०० सम्मको थप छुट पाउने उल्लेख छ। नबिल बैंक, सानिमा बैंक, एनएमबि बैंक, मेगा बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सन् राइज बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक पेमेन्ट पार्टनरहरु रहेका छन्  


दराजका अनुसार ग्राहकहरुले आफ्नो -सेवा वालेटको माध्यमबाट भुक्तानी गरे सीमित घण्टाको लागि रु ५०० सम्मको विशेष छुट पाउन सक्छन्।ग्राहकहरु खेल रुपैयाँको, एड टू कार्ट, मिशन नव वर्ष २०७८ जस्ता गेमहरुमा भाग लिई थुप्रै उपहार जित्न सक्ने दराजले जनाएको छ।

दराज नेपालका प्रबन्ध निर्देशक, लिनो अलरिङ्ग ले भने गएको एक वर्ष महामारीको कारणले समय निकैनै कठिन थियो। तर हामी विश्वस्त छौं कि नयाँ वर्ष २०७८ हामी सबैको लागि राम्रो समय रहनेछ। हामी हाम्रो नयाँ वर्षको भव्य सेल सुरु गर्न धेरै उत्साहित छौं। हजारौं विक्रेता ब्रान्ड पार्टनरहरूको साथ हामी विभिन्न नयाँ उत्पादहरू, आश्चर्यजनक डिलहरू, रमाइलो अफरहरु, अनलाइन भुक्तानीमा विशेष साझेदार छुटहरु लिएर आउदै छौं। मलाई आशा कि यस अभियानले हाम्रा सबै ग्राहकहरुका लागि उत्तम अवसरको रूपमा काम गर्नेछ  उहा हरुको सबै किनमेल आवश्यकताहरु पूरा गर्नछ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved