सामसङले एनसेलसँगको सहकार्यमा ल्यायो ‘नयाँ वर्ष एक्सचेन्जको हर्ष’ योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2021 | 03:14:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सामसङले नयाँ वर्षको अवसरमा एनसेलसँगको सहकार्यमा ग्राहकले सजिलै पुरानो बार फोन अर्थात् फिचर फोन नयाँ फोरजी चल्ने स्मार्टफोनसँग साट्न सक्ने योजना ल्याएको छ । 

यस योजनामा ग्राहकले १२ महिनासम्म प्रत्यक महिना १ जीबीका दरले एनसेल डेटा पाउँनेछन् भने सामसङलको तर्फबाट ग्राहकले नयाँ फोरजी चल्ने स्मार्टफोन पाउँनेछन् ।

यस एक्सचेन्ज योजनामा ग्राहकले सामसङको ग्यालेक्सी एम ०१ कोर र ग्यालेक्सी एम ०२ स्मार्टफोन लिन सक्नेछन् । ग्यालेक्सी एम ०१ कोरमा १ जीबी र्याम र १६ जीबी स्टोरेज क्षमता रहेको छ । ग्यालेक्सी एम ०२ मा ग्राहकले आवश्यकता अनुसार २ जीबी र्याम र ३२ जीबी स्टोरेज वा ३ जीबी र्याम र ३२ जीबी स्टोरेज क्षमता भएको दुई सेट मध्ये कुनै एक लिन सक्नेछन् । ग्यालेक्सी एम ०१ कोर र ग्यालेक्सी एम ०२ सेटमा ग्राहकले सजिलै स्मार्टफोन चलाउन सक्ने इन्टरफेस रहेको छ जसले गर्दा पहिला स्मार्टफोन चलाएको अनुभव नभएका ग्राहकले पनि सजिलै यी सेटहरु चलाउन सक्नेछन् । 

यसका लागि पुरानो मोबाइल स्वीच अन गर्न मिल्ने अवस्थाको हुनु पर्नेछ र फोनको ब्याट्रि, स्क्रीन र फोन को बडी सहि अवस्थामा हुनुपर्नेछ । यी दुई शर्तहरु पूरा भएको खण्डमा ग्राहकको फोनलाई उपयुक्त मूल्यांकन गरी नयाँ फोन किन्नका लागि ग्यारेन्टिड रु. ८०० का साथ एक्स्चेन्ज प्रदान गरिनेछ ।

यो योजना २०७८ वैशाख १ देखि सीमित अवधिसम्मका लागि संचालनमा रहने छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved