रियलमीका उत्कृष्ट पाँच स्मार्टफोन, कुनको मूल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2021 | 06:48:25 PM मा प्रकाशित

laxmi  sunrise bank

रियलमिले धेरै फिचर तथा विभिन्न मोडलका स्मार्टफोनहरु सार्वजनिक गर्दै आएको छ । यस कम्पनिले ग्राहकलाई उत्कृष्ट ब्याट्री प्रविधि, प्रोसेसिङ पावर, नवीनतम् क्यामेरा, डिस्प्ले सहितका उत्पादनहरु उपलब्ध गराउँदै आएको छ ।  

कम्पनिले पछिल्लो समयमा नयाँ मोबाइल किन्ने सोचमा भएका ग्राहकहरुका लागि विशेष गरी निम्न स्मार्टफोनहरु बजारमा ल्याएको छ ।

रियलमी, सातौ सिरिज (रियलमी सेभेन÷सेभेन आई)

रियलमी सेभेन र सेभेन आई दुबै स्मार्टफोनलाई बजारमा एकदमै रुचाइएका छन् । बेस्ट सेलरका रुपमा यसका हजारौँ मोबाइल सेट विक्री भएको कम्पनिले जनाएको छ । रियलमीका यी फोन ८ जीबी ¥याम, १२८ जीबी फोन मेमोरी र पर्याप्त ब्याट्री प्रदर्शनका साथ उपलब्ध छन् । यसैगरी यीनमा तीव्र चार्जिङ प्रविधि पनि छ, जसकारण केबल २६ मिनेटमा ५० प्रतिशत चार्ज गर्न सम्भव छ, जुन एकदमै उपयोगी छ । यसको प्रदर्शन अर्को उत्कृष्ट पक्ष हो, जसले प्रयोगका क्रममा आनन्ददायी अनुभूति दिन्छ, हेलियो जी ९५ चिपसेटद्वारा सञ्चालित यो फोन उत्कृष्ट प्रदर्शनीका साथ मूल्य सिरिजको फोन विक्री हुनेमा सातौँ बेस्ट सेलर फोन हो ।

यसमा प्रयोग भएको ६४ एमपी सेन्सर क्यामेराले फराकिलो कोणका साथ सर्वश्रेष्ठ तस्विर खिच्छ । यसमा रहेको स्टेरी मोड रातिको समयमा ताराहरुले भरिएको आकासको सुन्दर तस्वीर निकाल्छ, जुन एस्ट्रो फोटोग्राफी अल्गारिथमद्वारा सञ्चालित छ । रियलमी सेभेनको मूल्य ३५ हजार ९९० र रियलमी सेभेन आईको मूल्य २९ हजार ९९० रहेको छ ।

रियलमी सी सिरिज (सी ११, सी १२, सी १५)

नेपालमा उपलब्ध सी सिरिजका सी ११, सी १२ र सी १५ गरी तीनवटै स्मार्टफोन गेमिङ क्षमताका लागि उत्कृष्ट हेलियो जी ३५ चिसपेटद्वारा सञ्चालित छन् । अनलाइन कक्षादेखि अनलाइन गेम प्रयोजनका लागि यी मोबाइल फोन उत्कृष्ट छन् । रियलमीका तीन सिरिज ६.५ इन्च मिनी ड्रप पूर्ण स्क्रिन डिस्प्लेमा उपलब्ध छन् ।

५ हजार एम एच्को ठूलो ब्याट्रीका साथ रियलमी सी ११, ६ हजार एम एच् ब्याट्रीका साथ सी ११ र तीव्र चार्जिङ क्षमताका साथ ६ हजार एम एच् ब्याट्रीकै साथ सी १५ सिरिजका फोन उपलब्ध छन् । सी ११ मा एआई डुवल क्यामेरा, सी १२ मा एआई लेन्स सेटअफसहितको त्रिपल क्यामेरा र सी १५ मा एआई असीमित आनन्दका साथ चारवटा एआई क्यामेरा राखिएको छ । यी तीनवटै मोबाइलमा नाइट स्केप मोड रहेको छ, जसले रातमा खिचिएका फोटो र भिडियोलाई सुन्दर बनाउँछन् ।

तीनवटै फोन एआई फ्रन्ट क्यामेरा, डवल सीम कार्ड र मेमोरी कार्डका लागि ट्रिपल कार्ड स्लट, वाटरप्रुफ तथा ज्यामेटिय ग्रेडियन्ट डिजाइनमा निर्माण गरिएका छन् । रियलमी सी १२ र सी १५ फिङ्गरप्रिन्ट सेन्सरकासाथ उपलब्ध रहेकोमा सी ११ फेस अनलकसहित उपलब्ध छन् । 

२ जीबी ¥याम र ३२ जीबी स्टोरेजसहित सी ११ फोन १४ हजार ९९० मा, ३ जीबी ¥याम र ३२ जीबी स्टोरेजसहित सी १२ फोन १६ हजार ९९० र ४ जीबी ¥याम र ६४ जीबी स्टोरेजसहित सी १५ फोन १८ हजार ५९० मा उपलब्ध छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved