नोकिया जी २० र जी १० सार्वजनिक, कति पर्छ मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2021 | 06:17:21 PM मा प्रकाशित

laxmi  sunrise bank

एचएमडी ग्लोबल, द होम्स अफ नोकिया फोन्सले नोकिया जी २० र नोकिया जी १० को लन्च गरेको छ । तीन दिनको ब्याट्री लाइफको साथ लामो ब्याट्री लाइफ समेटेको लेटेस्ट स्मार्टफोन लन्च गरेको हो ।

प्यान एसिया एचएमडी ग्लोबलका जनरल म्यानेजर रबि कुँवरले नोकिया फोनलाई एचएमडी ग्लोबलकोे हरेक उपकरणमा रहेको सन्देश–लभ इट, ट्रस्ट इट, किप इटले अरुबाट छुट्याएको बताउँदै लभ इटले उपकरणहरुमा अद्वितीय स्मार्टफोनको एक्सपेरियन्सहरु प्रस्तुत गर्ने बताए । जसले धेरै ब्याट्री लाइफ, छिटो प्रदर्शन र एक्सेप्सनल डिजाइन फिलोसोफीको प्रदान गर्दछ जसको कारण प्रशंसकहरुलाई नोकिया फोनलाई अझ बढी माया गर्ने कारणहरु दिएको उनले बताए । 

‘ट्रस्ट इट– हाम्रो फोनहरु तीन वर्षको सुरक्षा अपडेटहरुको साथ कन्सिस्टेन्ट छन् जसले प्रयोतकर्ताहरुलाई डाटा ब्रिचेजबाट पिस अफ माइन्डको शक्ति प्रदान गर्दछ । किप इट– एचएमडी ग्लोबलले आफ्नो सस्टेनेबिलिटी र ड्युराबिलिटी हार्डवेयरको मार्फत मात्र नभई सफ्वेयरको मार्फत पनि र २ वर्षको अपरेटिंग सिस्टमलाई अपग्रेडको सुनिश्चित गरेर नोकिया फोनहरुको लाइफ एक्सपेक्टेन्सी सुधार गर्न र फोनलाई सधैँ फ्रेस र नयाँ देखिने बनाउने प्रण गरेको छ । हामी जति लामो समय आफ्नो फोनको उपयोग गर्नमा दिन्छौँ यो वातावरणको लागि त्यति नै राम्रो छ जसले नेपालको फोहोर व्यवस्थापनको कटौतीमा सकरात्मक प्रभाव पार्न सहयोग पुर्याएको छ ।’ म्यानेजर कुँवरको भनाई छ ।

नोकिया जी २० ले ४८ एमपीको क्ल्यारिटी वाइडक्रिनमा वा म्याक्राे र भिडियो ओजो अडियोको साथ कैद गर्दछ । नोकिया जी २० ले एकल चार्जबाट ३ दिनको ब्याट्री लाइफ प्रदान गर्ने कम्पनीले जनाएको छ । जी २० नोकिया स्मार्टफोनको सिग्नेचर ड्युराबिलिटी र स्टेट–अफ–द–आर्ट टेक्नोलोजीको समिश्रण भएको र वर्षौँ सम्म टिक्ने तथा राम्रो देखिन र ड्रिमफोन बन्न निर्मित रहेको जनाईएको छ।

यी दुवै जी २० र जी १० फोन ६.५ इन्चको डिस्प्लेका साथ उपलब्ध हुने र यसको ब्राइटनेस बुस्टले क्रिन हेर्दा सहज हुने कम्पनीले बताएको छ ।

नोकिया जी २० नाइट र ग्लेसियर गरी दुई वटा रंगको भेरियन्टमा उपलब्ध हुनेछ भने ४/६४ जीबीको भेरियन्ट र यसको नेपाली मूल्य रु १९ हजार ९ सय ९९ मा उपलब्ध हुन बताईएको छ । त्यस्तै नोकिया जी १० पनि दुई वटा नाइट र डस्क रंगको भेरियन्टमा उपलब्ध हुनेछ भने ४/६४ जीबीको भेरियन्टमा नेपाली रु १६ हजार ९ सय ९९ मा उपलब्ध हुनेछ । यी दुवै फोनहरु देशका स्टोरहरुमा असार ३ बाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved