नेपालको ‘टु पीएम अकबरे’, जसले ‘कोरियन रामेन’लाई विस्थापित गर्यो

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 16, 2021 | 01:43:50 PM मा प्रकाशित

laxmi  sunrise bank

अहिले नेपाली चाउचाउको बजारमा लोकप्रीय र सुन्दा सानदार लाग्ने हो ‘टु पीएम अकबरे’ । एशियन थाइ फुड्सको टु पीएम अकबरेको स्वाद अहिले हरेक युवा युवतीमा जिब्रोमा झुण्डिएको छ । नेपाली बजार खासै पीरो चाउचाउ खपत हुने बजार थिएन भन्ने नै थियो । भेज र ननभेज चाउचाउहरु मात्रै बजारमा उपलब्ध थिए । 

तर, केही वर्षअघि काठमाडौँ लगायत देशका ठूला शहरमा कोरियन चाउचाउ रामेनले अप्रत्याशित बजार लियो । पीरो रुचाउने नेपाली युवा युवतीका माझमा अत्यन्तै लोकप्रीय बनेपछि नेपाली बजारमा कोरियन उत्पादन रामेनको खपत दिनहुँ बढिरह्यो । एक प्याकेटको १८० रुपैयाँसम्म पर्ने कोरियन रामेनको यो बजार एशियन थाइ फुड्सले नजिकबाट नियालिरहेको थियो ।

‘लामो अध्ययन र झिनो आशाले उत्पादन थाल्यौँ’

एशियन थाइ फुड्सका प्रवन्ध निर्देशक महेशकुमार जाजुका अनुसार टु पीएम अकबरेलाई बजार ल्याउनु अगाडी कम्पनीले निकै लामो समय अध्ययन गरेको छ । पीरो चाउचाउको बजारमा माग, खपतको अवस्था, लगानी, कच्चा पदार्थको उपलब्धता लगायतका विषयमा करिब आधा वर्ष अध्ययन गरेपछि खपतको अवस्था बुझ्नकै लागि सुरुमा थोरै उत्पादन गरेर बजार पठाईएको प्रवन्ध निर्देशक जाजु बताउँछन् ।

परीक्षणकालमा एशियन थाइ फुड्सले सुपरमार्केट, डिपार्टमेन्ट स्टोर र ट्रेड आउटलेटमा बिक्रिका लागि पठायो । एकैपटक साना बजारहरुमा पनि पठाउँदा उपभोक्ताबाट सकारात्मक प्रतिक्रिया नआउन सक्ने भयले कम्पनीले ठूला स्टोरमा मात्रै पठायो । 

तर, ठूला स्टोरबाट सोचेभन्दा उत्कृष्ट प्रतिक्रिया र अपेक्षा भन्दा बढी खपत भएपछि कम्पनीले उत्पादन बढायो र स–साना बजारहरुमा पनि पठाउन थाल्यो ।

एशियन थाइ फुड्सका प्रबन्ध निर्देशक महेशकुमार जाजु भन्छन्, ‘परीक्षणकालमै हाम्रो उत्पादनले सोचेभन्दा धेरै बजार लियो, यसले हामीलाई थप उत्पादनका लागि उत्साहित बनायो ।’ 

सस्तोमा नेपालीलाई पीरो चाउचाउ

कोरियन रामेनलाई एक प्याकेटको १८० रुपैयाँसम्म तिरेर खाने नेपालीहरुले अहिले सस्तोमा हट एण्ड स्पाइसी चाउचाउ उपभोग गर्न पाएका छन् । यो चाउचाउ सस्तो नेपाली उत्पादन भएरै सस्तो भएको हो ।

‘बाहिरबाट ल्याएर यहाँ बेच्न त सजिलो हुन्छ, तर विदेशबाट ल्याउँदा यातायात खर्च, भन्सार शुल्क र भ्याट जोडेपछिको आयातकर्ताको नाफाले महँगो हुन जान्छ’ जाजु भन्छन्, ‘नेपालमै उत्पादन हुँदा विदेश देखिको दुवानी खर्च लाग्दैन । भन्सार पनि लागेन । त्यसैले सस्तो हुन्छ ।’

अहिले एशियन थाइ फुड्सले कोरियन रामेनकै स्वादमा १ सय ग्रामको ‘टु पीएम कोरियन रामेन’ प्रति प्याकेट ५० रुपैयाँमा बिक्रि गर्दै आएको छ । पीरो चाउचाउमा एशियन थाइ फुड्सको दास्रो उत्पादन टु पीएम कोरियन रामेन पनि अहिले उत्तिकै रुचाईएको छ ।

कोरोनाका कारण कोरियन रामेनको आयात रोकिएपछि एशियन थाइ फुड्सले यसको उत्पादन गर्यो ।  १२ देखि ३० वर्ष उमेर समूहका युवा युवतीले यसलाई अत्याधिक मन पराए ।

त्यसैले त नेपाली चाउचाउ प्रेमिहरुका माझमा पीरो चाउचाउ पनि उपलब्ध गराएर एशियन थाइ फुड्स नेपालमा पिरो चाउचाउ खाने ट्रेण्डको सुरुवात गर्ने पहिलो नेपाली उत्पादक बनेको छ ,

स्वदेशकै अकबरे खुर्सानीको प्रयोग

एशियन थाइ फुड्सले आफ्ना उत्पादन टु पीएम अकबरे र टु पीएम कोरियन रामेनमा अकबरे खुर्सानीको प्रयोग गर्छ । देशका विभिन्न भेगमा उत्पादन हुने अकबरे खुर्सानी एशियन थाइ फुड्सले किन्ने हुनाले अहिले किसानहरु अकबरे खुर्सानीको खेतीमा आकर्षित भएका छन् ।

पूर्वका तेह्रथुम लगायतका जिल्लामा अहिले ‘चाउचाउले लैजान्छ’ भन्दै किसानहरु अकबरे खुर्सानीको खेतीमा आकर्षित भएका छन् ।

चाउचाउमा पिरोका लागि नेपालमै उत्पादन हुने अकबरे खुर्सानीको पेस्ट प्रयोग गरिने भएकाले नेपाली अकबरे खुर्सानीको खपत बढ्नुका साथै किसानलाई उत्पादनमा लाग्न पनि प्ररित गरेको उद्योगी जाजु बताउँछन् ।

निर्यात पनि

एशियन थाइ फुड्सको हट एण्ड स्पाइसी सेगमेन्टको टु पीएम अकबरे चिकेन र टुपिएम रामेन अहिले अत्याधिक बिक्रि भईरहेको छ । पीरो चाउचाउमा टु पीएम अकबरे बिक्रिको आधारमा र रुचाईएको आधारमा पहिलो नम्बरमा पर्ने उद्योगको दाबी छ ।

विदेशमा पनि यसको माग उच्च रहेको प्रवन्ध निर्देशक महेशकुमार जाजुको भनाई छ । उनका अनुसार भारत, अमेरिका, अस्ट्रेलिया तथा बेल्जियममा समेत टु पीएम अकबरेको निर्यात भईरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved