एलजीको चाडबाड अफर, हरेक सामान खरिद गर्दा उपहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2021 | 08:35:00 PM मा प्रकाशित

laxmi  sunrise bank

एलजीले दशैं तिहार २०७८ लाई लक्षित गर्दै आफ्नो नयाँ अभियान, “हार्दिक बधाई तपाईलाई, यस चाडबाडमा विशेष सबैलाई” जारी गरेको छ । यस अभियान अन्तर्गत एलजीका कुनै पनि सामानको खरिदमा पाँच करोड भन्दा बढीको उपहारहरु प्रदान गरिने कम्पनीले जनाएको छ । 

यस योजना अन्तर्गत एलजीका लागी नेपालको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्सका घरायसी सामानहरु र होम इन्टरटेन्मेन्ट्का खरिदमा विशेष नगद छुट तथा पक्का उपहारहरु प्रदान गरिएको कम्पनीले उल्लेख गरेको छ । नर्मल र स्मार्ट एलईडि टिभी, साउण्ड बार खरिदमा ग्राहकहरुले क्यासब्याक पाउने भएका छन् । 

कम्पनीका अनुसार क्यासेट एण्ड स्प्लिट एसी र फ्लोर स्ट्यान्डिङ एसीको खरिदमा ग्राहकहरुले रु ४,००० को निःशुल्क स्थापना सेवा पाउनेछन् । एयर प्युरिफायरको खरिदमा रु २,९६० को केन्ट ह्यान्ड ब्लेन्डर प्राप्त गर्नेछन् ।  यस अफरमा ग्राहकहरुले साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरकोे खरिदमा रु १२,०९० को सिजी ओईल फिल्ड हिटर, डबल डोर रेफ्रिजेरेटरकोे खरिदमा रु २,९६० मूल्यको केन्ट ह्यान्ड ब्लेन्डर र सिंगल डोर रेफ्रिजेरेटरकोे खरिदमा आकर्षक नगद छुट प्राप्त गर्नेछन् । 

त्यस्तै, ग्राहकहरुले माइक्रोवेभ ओभनको खरिदमा रु २,८०० मूल्यको फ्री खाना पकाउने किट, डिसवासरको खरिदमा डिसवासर ट्याबलेट र भ्याकुम क्लीनरकोे खरिदमा आकर्षक नगद छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।   

त्यस्तै वासिङ मशिन फ्रन्ट लोड (९ केजी माथी वासर ड्रायर)को खरिदमा रु २,६५० मूल्यको फ्री सिजी हेलोजन हिटर, वासिङ मशिन फ्रन्ट लोड (८ केजी सम्म)को खरिदमा रु ६ केजीको एरियल मेटिक डिटरजेन्ट र वासिङ मशिन टप लोडको खरिदमा फ्री ड्राइ आयन प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

यो योजना नेपाल अधिराज्य भरि लागु हुने र सीमित अवधिको लागी लागू हुने कम्पनीले उल्लेख अग्रेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved