फक्सवागन टाइगुन एसयूभी सार्वजनिक, मूल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2021 | 12:34:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पुजा इन्टरनेसन नेपाल प्रा.लि. ले फक्सवागन टाइगुन एसयूभी सार्वजनिक गरेको छ । नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत डा. थोमस प्रिन्जले उक्त एसयूभी सार्वजनिक गरेका हुन् ।

कम्पनीका अनुसार नयाँ कम्प्याक्ट एसयूभी टाइगुन विश्व स्तरीय १.० लिटर टर्बोचाज्र्ड इन्जिनद्वारा सञ्चालित छ, जसले ११४ हचपावर र १७८ एनएम टर्क जेनेरेट गर्छ ।  नेपाली बजारमा उपलब्ध यस प्रकारका कम्प्याक्ट एसयूभी मध्ये यसको पावर र टर्क सबैभन्दा उच्च भएको कम्पनीको दाबी छ । फक्सवागन आफ्ना ठूला एसयूभी गाडीहरुको लागि विश्वमै लोकप्रिय छ । एसयूभी ‘टाइगुन’ लन्च भए पश्चात अब कम्पनी मास मार्केटमा समेत प्रवेश गर्ने विश्वास गरेको छ । 

कम्पनीका अनुसार फक्सवागन टाइगुनको सुरुवाती भेरिएन्ट कम्फर्टलाइनको मूल्य सिमित अवधिको लागि ५० लाख ९० हजार रुपैयाँ तोकिएको छ । तीन भेरिएन्ट मध्ये बाँकी दुई भेरिएन्ट टाइगुन हाइलाइनको प्रारम्भिक मूल्य ६३ लाख ९० हजार र टाइगुन टपलाइनको प्रारम्भिक मूल्य ६९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । 

उत्तर अमेरिकी जंगल ‘टाइगा’ बाट ‘टाइगुन’ नाम राखिएको हो । भारत र नेपालको स्थानीय ड्राइभिङ अवस्थालाई मध्यनजर गरी विशेष रुपमा टाइगुनको डिजाइन गरिएको छ । अन्तर्राष्ट्रिय रुपमा प्रचलित एमक्यूबी प्लेटफर्मलाई फक्सवागनले एमक्यूबी एओ आईएन प्लेटफर्ममा स्थानीयकरण गरी भारतमा यसको उत्पादन गरेको हो । यसले विश्वभर प्रचलित फक्सवागनका सबै मोडलमा उपलब्ध  टिकाउपन र गुणस्तरलाई टाइगुनमा समेत प्रयोगमा ल्याएको छ । 

टाइगुन यो सेगमेन्टको गेम चेन्जर एसयूभी हुने र टिकाउपना, वातावरणमैत्री र सुरक्षाको सन्दर्भमा कम्प्याक्ट एसयूभीको संसारलाई नै पुनर्परिभाषित गर्ने कम्पनीले जनाएको छ । आधुनिक प्रविधि र परिवर्तन मन पराउने ग्राहकका लागि यो उपयुक्त एसयूभी बन्ने कम्पनीको विश्वास छ । 

 कम्पनीले प्रारम्भिक अवस्थामा पहिलो १०० ग्राहकलाई निःशुल्क एसेसरिज र आकर्षक नगद छुट समेत उपलब्ध गराउने भएको छ । प्रथम वर्ष कम्पनीले नेपालमा करीब १००० वटा टाइगुन बिक्री वितरण गर्ने लक्ष्य राखेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved