फोर्ड नेपालको 'अफ टु नुवाकोट ४×४' सम्पन्न, आन्तरिक पर्यटन र अफरोडिङ कल्चर प्रवर्दनको उदेश्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2021 | 07:17:51 AM मा प्रकाशित

laxmi  sunrise bank

फोर्ड नेपालले नेपालमा आन्तरिक पर्यटन र अफ–रोडिङ कल्चर प्रवद्र्धन गर्दै अफ टु नुवाकोट '४×४' कार्यक्रम सञ्चालन गरेको छ ।

फोर्ड नेपाल (जि.ओ.अटोमोबाईल्स प्रा.लि.) ले नेपालमा आन्तरिक पर्यटन प्रवद्र्धन र अफ रोडिङ्ग संस्कृतिको विकास गर्ने उद्देश्यले आफनो ग्राहक संलग्नता कार्यक्रमको रूपमा चिनिने “अफ टु नुवाकोट” ४×४ कार्यक्रमको आयोजना गरेको हो।  

'अफ टु नुवाकोट ४×४ कार्यक्रम' को मुख्य उद्देश्य आन्तरिक पर्यटन प्रवद्र्धनको साथसाथै आरोहणको अवधारणालाई उकास्ने रहेको बताईएको  छ। 

यो एक दिनको पारिवारिक कार्यक्रम रहेको र काठमाडौं उपत्यकाबाट छोटो दूरीमा रहेको तर यो नेपालको प्राचीन र ऐतिहासिक स्थलहरू मध्ये  नुवाकोट सम्मको यात्रा भएको आयोजक फोर्ड नेपालले जनाएको छ।

र्याली टोखा–शिवपुरी मार्ग हुँदै सञ्चालन गरिएको थियो। कार्यक्रम विशेषगरी फोर्डको ४×४ ट्रक जीवन शैलीको प्रदर्शन मा केन्द्रित ग्राहक संलग्नता कार्यक्रम को एक हिस्सा रहेको जनाइएको छ। 

नुवाकोट ९०० मिटरको उचाइमा रहेको नुवाकोट बजारको बिचमा समय परिवर्तनले अछुन्न पुरानो किल्ला गौरवशालीका साथ उभिएको छ । २०७२ वैशाख १२ गते गएको भूकम्पमा दरबारको भित्री भागमा केही क्षति पुगे पनि भवनहरू अझै अक्षुण्ण छन् र परिसरको भ्रमण गर्न सकिन्छ। 

आधुनिक नेपालको इतिहासलाई आकार दिन महत्वपूर्ण भूमिका खेल्ने सम्पदाको संरक्षणका लागि पुनर्निर्माणको प्रयास भइरहेको छ । ऐतिहासिक र साँस्कृतिक महत्वका बाबजुद दरबार अझै पत्ता नलागेको खजाना हो । सात तले दरबारको किल्ला १८ औं शताब्दीमा पृथ्वीनारायण शाहको शासनकालमा बनेको थियो । यसले मल्ल र पछि चिनियाँ सेनाको आक्रमणको थोरै प्रमाण देखाउँछ।

करिब ४० जना सहभागीहरु संग फोर्डले जंगल भ्रमण, जिप लाईन र साइट सिइङ जस्ता बिचमा धेरै गतिविधिहरु सहित नुवाकोटको ऐतिहासिक भूमिमा आफ्नो यात्रा तय गरेको थियो । नुवाकोटमा दिगो कफी खेतीलाई प्रवद्र्धन गर्ने नुवा एस्टेट फार्मको भ्रमण गरेर कार्यक्रमको समापन भएको हो।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved