सिजि ब्रान्डले सार्वजनिक गर्यो सिजि स्मार्ट होम स्कीमको पहिलो बिजेता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2021 | 01:25:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली बजारलाई लक्षित गर्दै सिजिले यस वर्ष सिजि स्मार्ट होम नामक योजना ल्याएको छ। यो योजना भदौ २५, २०७८ बाट सुरु भएको हो।  

उक्त योजनाको पहिलो लक्की ड्र कार्तिक १५ गते सिजि ब्रान्डको फेसबूक र यूट्यूब लाइभ मार्फत घोषणा गरिएको कम्पनीले जनाएको छ। यस स्कीमको पहिलो बिजेता बिर्तामोड, झापाकी मिना अधिकारी भएकी छिन्। 

अधिकारीले सिजिको डबल डोर रेफ्रिजेरेटर जितेकी छिन्। सिजि ब्रान्डले दसैँ(तिहारको अफरमा ५५,०००र( रुपियाँसम्मको नगद क्यास ब्याक, लकीड्र मार्फत  सिजिको डबल डोर रेफ्रिजेरेटर, र बम्परमा तीन दिनको मेघौली सेराइ प्याकेज र अन्य आकर्षक उपहारहरू रहेका छन्।  

सिजि स्मार्ट होम योजनाले अझै पनि भाग्यशाली बिजेता घोषित गर्ने कम्पनीले जनाएको छ। यस योजनाको भाग्यशाली बिजेता हुनका लागि सिजिएसएच-नाम-ठेगाना-बिल नम्बर टाइप गरेर ३१००१मा पठाउनुपर्ने छ। यो योजना छठ पूजासम्म लागुहुने कम्पनीले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved