दराजले बर्षकै ठुलो एक दिवसीय सेल आयोजना गर्ने, बाइकदेखि ५ करोडसम्मको छुटको अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2021 | 02:05:33 PM मा प्रकाशित

laxmi  sunrise bank

अलिबाबा समूहको दराज अनलाइन शपीङले वर्षकै सबैभन्दा ठूलो एक दिवसीय सेल आयोजना गर्ने भएको छ। काठमाडौं मेरियट होटलमा पत्रकार सम्मेलन गरि दराजले यसबारे जानकारी दिएको हो। 

कात्तिक २५ गते सुरु भई त्यसको २४ घण्टामा समापन हुने यस सेलमा दराजले बिभिन्न अफरहरु समेत ल्याएको छ। जसमा ११ लाख उत्पादनहरूमा ५ करोडसम्मको छुट, ११ जनालाई टिभिएस रेडर मोटरसाइकल जित्ने अवसर, र अन्य धेरै अफरहरु राखिएको दराजले जनाएको छ।  

 दराज प्रयोगकर्ताहरुलाई भव्य सेलमा भव्य मनोरन्जन र धेरै उपहारहरु जित्ने अवसर प्रदान गर्न चर्चित मिडिया व्यक्तित्व सुरज सिंह ठकुरी, मालभिका सुब्बाका र ११ चर्चित सेलिब्रेटीहरू साथ दराजले कार्तिक २४ (नोभेम्बर १०) मा दराज एप मा ११ ११ ग्रान्ड गाला लाइभ प्रत्यक्ष प्रसारण पनि हुने भएको छ। 

कार्यक्रममा मुख्य वक्ताका रुपमा दराजका प्रबन्ध निर्देशक लिनो अहलेरिङ , चिफ कमर्सियल अफिसर टेम्पल प्याकुरेल, पेमेंट र पार्टनरशिप प्रमुख अरुण फुयाल, र प्रमुख ग्राहक अधिकृत सम्झना सुवेदी रहेका थिए भने प्रमुख सञ्चारकर्मी र लोकप्रिय व्यक्तित्वहरूले अतिथिको रूपमा आफ्नो उपस्थिति राखेका थिए। कार्यक्रममा मुख्य वक्ताहरुले अहिलेसम्मकै सबैभन्दा ठूलो ११ ११ आयोजना गराउने दराजको तयारीको बारे जानकारी गराए ।

“विश्वको सबैभन्दा ठूलो एकदिवसीय अभियान सेल ११-११ फेरी सुरु हुन जाँदै छ। तर हाम्रो सम्पूर्ण टोली र हाम्रो प्लेटफर्ममा रहेका १२,०००+ बिक्रेताहरूले गत वर्षदेखिनै यसको लागी धेरै मेहनत गर्दै आएका छन्। देशको लागी एक कठिन वर्ष पछि, नेपालभरका ग्राहक तथा बिक्रेताहरूसँग यो विशेष दिन साझा गर्न पाउँदा हामी निकैनै खुसी छौं । किनभने उत्कृष्ट डिल, थुप्रै छुट र वर्षकै भव्य मनोरञ्जन अनि उत्कृष्ट ग्राहक अनुभव भनेकोनै ११.११ हो,” दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले बताए ।

यसबाहेक ११-११ अभियानमा रियल मिजीटि नियो टु जीको विशेष लन्चको साथै अन्य विभिन्न कम्पनीका स्मार्टफोन, ट्याब्लेट, साथै फेसन, मोटर, संगीत वाद्ययंत्र, होम डेकोर र इलेक्ट्रोनिक्समा अद्भूत सम्झौताहरू रहेको मुख्य वक्ता चिफ कमर्सियल अफिसर टेम्पल प्याकुरेल मार्फत बुझीयो। सामसंग, फिलिप्स, रोटो, सिजी डिजीटल, लेनोभो  र अन्य गरी २२ प्रचालित ब्रान्डहरूले विशेस छुट दिने जसमध्ये भारतका ४ ब्रान्डहरू वीरेस्टो, जानस्या, मीसा फेशन, र उस्त्राले सीदै भारतबाट डीलीभर गर्ने जानकारी दिए। संगसंगै टिभीएस, कोका कोला र सन्सिल्क ११ ११ का विशेष साझेदारहरू पनि रहेका छन्। 

“यो वर्षको मेगा गिभअवे सबैभन्दा भव्य हुनेछ ।  हामी हाम्रा विशेष साझेदार टिभीएससँग मिलि ११ भाग्यशाली ग्राहकहरूलाई टिभीएस रेइडर मोटरसाइकल प्रदान गर्दैछौं। हामी यसका लागी धेरै उत्साहित छौँ ।” दराजका पेमेंट र पार्टनरशिपको प्रमुख अरुण फुयालले कार्यक्रममा भने । 

उनले ११.११ का लागी १५ साझेदार बैंकहरुले अनलाइन कार्ड पेमेन्टमा थप १५% छुट दिने जसमा डेबिट कार्डमा अधिकतम रु ३,००० र क्रेडिट कार्डमा अधिकतम रु ३,५०० रहेको जनाए । साथै ई–सेवा र आईएमइ पे (क्ष्ःभ् एब्थ्) ले पनि विशेष छुट दिने र यति मात्र नभई, ग्राहकहरुले ४ साझेदार बैंकका क्रेडिट कार्ड मार्फत ०% ब्याजमा मासिक किस्ता योजना (भ्ःक्ष्) लियी चाहिएको समान खरीद गर्न सक्ने पनि जानकारी गराए।

अभियानको उच्च तीव्रता र कम्पनीको तयारीलाई स्पर्श गर्दै प्रमुख ग्राहक अधिकृत सम्झना सुवेदीले भनिन्, “ग्राहक अनुभवमा कुनैै कमी नहोस भनेर हामीले १,४०० भन्दा बढी नयाँ कर्मचारी सामेल गरेका छौँ जस्मद्दे कस्टमर केयर एजेन्टहरु र १००० नयाँ डेलिभरी एजेन्टहरू रहेका छन्। ११.११ भनेको वर्ष भरिको निरन्तर सुधार र सिकाइको परिणति हो, त्यसैले उच्च ग्राहक अनुभव प्रदान गर्न कुनै कसर बाँकी राखेका छैनौँ ।”



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved