डिशहोमद्वारा स्पेन जान पाउने २ विजेता घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2021 | 01:34:45 PM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोमले यो वर्षको चाडपर्वको अवसरमा ल्याएको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना अन्तर्गत पहिलो २ भाग्यशाली बिजेताको घोषणा गरेको छ ।

कार्तिक १७ गते बुधबार गरिएको लक्की ड्रमार्फत प्रभु टिभि जडान गर्ने काठमाडौँका धुर्व कार्की र डिशहोम जडान गर्ने सिन्धुलीकी अनिशा राई विजेता बनेका हुन् ।

२०७८ असोज ११ देखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टिभि, सिम टिभिको नयाँ कनेक्शन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरुलाई यो योजनामा सहभागि गराइएको थियो ।

बिजेताहरुले स्पेन जाने आउने दुईतर्फी हवाई टिकट, ४ रातको होटल व्यबस्था र ला लिगाको एउटा खेल स्टेडियममै प्रत्यक्ष हेर्ने अवसर पाउनेछन् ।

यो “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना अझै पनि डिशहोम, प्रभु टिभी, सिम टिभी, डिशहोम फाइबरनेट कम्बो प्याकेज जडानमा र ला लिगाको सिजन टिकट खरिदमा उपलब्ध रहेको जनाईएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved