आकर्षक छुट सहित ग्यापुको बृहत अनलाइन सेल ११.११ घोषणा, निशुल्क डेलिभरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2021 | 02:15:20 PM मा प्रकाशित

laxmi  sunrise bank

गत वर्ष झै यो वर्ष पनि नेपाली अनलाइन स्टोर ग्यापुले ११.११ को घोषणा गरेको छ । थुप्रै आकर्षक छुट र अफरका साथ ग्यापुले नोबेम्बर ११ मा हुने यो बृहत सेलको घोषणा गरेको छ । 
गत वर्ष ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काको जन्मदिनकै अवसरमा परेको यो ११.११ एकदिने सेल भव्य रुपमा सम्पन्न भएको थियो । सो बेला २४ घण्टा सम्म सम्पन्न भएको सेल धेरै बिक्री भएको कम्पनीले जनाएको थियो । 

जाडोको कपडा, स्मार्टफोन, भान्छाको सामान वा अन्य घरायसी सामान लिने सोचमा भएकाहरुलाई  ग्यापुको ११.११ सेल सुनौलो अवसर हुने बताइएको छ । कम्पनीका अनुसार 
ग्यापुमा उपलब्ध हरेक सामग्रीहरूमा आकर्षक छुट र क्यासब्याक अफर प्रदना गरिने छ । यो बृहत सेल नोबेम्बर ११ को मध्यरात देखि सुरु भएर २४ घण्टा सम्म उपलब्ध हुने कम्पनीले जनाएको छ । यस अवसरमा खरिद गरिएका सामग्रीको निशुल्क डेलिभरी पनि गरिने कम्पनीले उल्लेख गरेको  छ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved