स्नेक गेम सहितको न्यू नोकिया ६३१० सार्वजनिक , कति पर्छ मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 16, 2021 | 07:29:42 PM मा प्रकाशित

laxmi  sunrise bank

 न्यू नोकिया ६३१० सार्वजनिक भएको छ।  २.८ इन्च स्क्रिन रहेको यसमा  लामो ब्याट्री जीवन, बिल्ट टु लास्ट कडा शरीर र पहिलेको प्रसिद्ध स्नेक गेम उपलब्ध रहेको कम्पनीले जनाएको छ।

नोकिया ६३१० ले आजको आवश्यकताको लागि पहिले धेरै रुचाइएको क्लासिक नोकिया फोनहरूको पुनरुत्थानलाई पछ्याएको कम्पनीले उल्लेख अग्रेको छ।प्यान एसिया एचएमडी ग्लोबलका क्षेत्रीय प्रमुख तथा जेनेरल म्यानेजर रबि कुँवरले भने, “नोकिया ६३१० एक पुनः कल्पना गरिएको फीचर फोन हो र सबै नोकिया फोनहरू जस्तै यो लामो समयसम्म टिक्नको लागि बनाइएको छ। हाम्रा फिचर फोनहरूले जीवनमा खेल्ने भूमिकाहरुलाई धेरै महत्व दिन्छ। त्यसैले फिचर फोन तपाईंको गो–टु उपकरण होस्, चाडपर्वको लागि आवश्यकता होस् वा जस्ट–इन केस ह्यान्डसेट होस्, नोकिया ६३१० ले तपाईंलाई हरेक बेला सहयात्रीको रुपमा मद्दत गर्दछ।”

कम्पनीका अनुसार नोकिया ६३१० लाई ताजा र पुनः आविष्कार गरिएको छ जसले स्क्रिन टाइमलाई पहिले भन्दा धेरै सहज र रमाइलो बनाउँछ। ठूला पुश बटनहरू र एम्पल डिस्प्लेको साथ, तपाईंले मेसेजहरू पढ्न, प्रियजनहरूसँग कनेक्ट हुन वा आफ्नो मनपर्ने एप्लिकेसनहरू सजिलै र गतिमा फेला पार्न सक्ने कम्पनीले जनाएको छ ।

यसमा मनपर्ने न्यूजको च्यानलहरू, खेलकुदहरु वा संगीत स्टेशनहरू भरपर्दो कनेक्टिभिटीको साथ सुन्न सक्ने  वा पहिलेको प्रसिद्ध स्नेक गेम पनि खेल्न सक्ने कम्पनीले जनाएको छ । यसमा उन्नत जूम इन मेनु र ठूला फन्टहरुको विकल्पहरू पनि कम्पनीले उल्लेख गरेको छ । कम्पनीका अनुसार यसमा हप्ता दिन सम्म टिक्ने ब्याट्री लाइफको क्षमता रहेको छ। 

यो गहिरो गाढा हरियो र डेरिंग पहेंलो रंगका ताजा र बोल्ड रङको भेरियन्टहरूमा उपलब्ध रहेको छ। नोकिया ६३१० नेपालमा गाढा हरियो र पहेँलो रंगमा उपलब्ध छ जसको मूल्य नेपाली रु ६,२९९ रहेको कम्पनीले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved