शाओमीको टिभी र फोन किन्दा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2021 | 05:47:09 PM मा प्रकाशित

laxmi  sunrise bank

शाओमीले आफ्नो फ्ल्याग्शिप फोन पोको एफ ३ जीटी र मी टिभिमा रु ५,०००÷– बराबरको छुट ल्याएको छ । उपभोक्ताहरुको मागलाई ध्यानमा राख्दै कम्पनीले पोको एफ ३ जीटी र मी टिभिमा छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार Turbo AMOLED Display  र MediaTek फ्ल्यागसिप चिपसेटयुक्त योफोनमा १२० हर्जको रिफ्रेश रेट र ४८० हर्जको टच स्याम्प्लिब्रेट रहेको छ । कम्पनीले भनेको छ 'यो एउटा प्रिमियम स्मार्टफोन हो जसमा म्याग्लेव ट्रिगर भएकोले एक स्विचमै गेमिब फोनमा पनि परिवर्तन गर्न सकिन्छ जसलेयो मोडल गेम खेल्ने र नखेल्ने दुवै बर्गको लागि उत्कृष्ट छनोट हो ।'

कम्पनीका अनुसार मी टिभि पनि एक शानदार डिजाइन, बिल्ट–इन प्लेस्टोर क्रोमकास्ट, सिनेम्याटिक क्वालिटी साउन्ड र उत्कृष्ट रंग संयोजन्भएको दमदार टेलिभिजन हो । एन्ड्रोइडमा चल्ने योटिभिमा रेकमेन्डेसन्सिस्टम हुनुको साथै अहिले चलेका सबै स्ट्रिमिब प्ल्याट्फर्महरु सपोर्ट गर्छ ।  ३२ इन्चको ठुलो स्क्रिन भए पनि यसले एकदम थोरै ठाउँ ओगट्ने र यसको तौल ४ किलोग्राम मात्र रहेको छ । 

कम्पनीले पहिला ५६,९९९ मुल्य भएको पोको एफ ३ जीटीलाई कम्पनीले ५१,९९९ मा र ३४,९९९– मुल्य भएका मी टिभिलाई २९,९९९– मा दिने निर्णय गरेको छ । पोको एफ ३ जीटीमा एक वर्षको बीमा पनि रहेको छ जुन आधिकारिक बिक्री केन्द्रहरुबाट खरिद गर्दा उपलब्ध हुनेछ । यो योजना सिमीत अवधिको लागि मात्र लागु हुने कम्पनीले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved