रियलमीले मुरारका ब्रान्डसँग मिलेर ल्यायो नार्जो सिरिजको फोन, मूल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2021 | 07:36:57 PM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्टफोन ब्रान्ड रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याएको छ । रियलमीले स्ट्राटेजिक पार्ट्नर मुरारका ग्रुपसँग मिलेर नार्जोको लेटेस्ट लाइन–अप नार्जो फिफ्टी सेरिजः NARZO 50I र NARZO 50A ल्याएको हो ।  

 मुरारका ग्रुपका डिरेक्टर शिरिष मुरारकाले संसारकै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्डसँग पार्टनरसिप गर्न पाउँदा गौरवान्वित भएका बताए । यी दुइ फोनहरुको आगमनसँगै रियलमीले नेपाली युवाको गेमिङ अनुभवलाई अझ निखार्दै थप नेपाली प्रयोगकर्ताहरुको मन जित्ने लक्ष्य लिएकोउनको भनाई छ ।

NARZO 50A ४/६४ जीबी तथा ४/१२८ जीबीमा उपलब्ध रहेको छ।  यी दुईको मूल्य क्रमश १९ हजार ४ सय ९९ र २१हजर् ४ सय ९९ रहेको छ ।   त्यस्तै NARZO 50I २/३२ जीबी तथा ४/६४ जीबीमा उपलब्ध रहेको छ। यी दुईको मूल्य क्रमश १२ हजर ९ सय ९९ र १५ हजार ४ सय ९९ रहेको छ । 

मंसिर १५ बाट दराज र मंसिर १९ बाट सम्पूर्ण आधिकारिक बिक्रेताहरुबाट यी फोन खरीद गर्न सकिने कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved