कालोपुलमा झिर रेष्टुरेण्टको फ्रेनचाइज , एमआरपि मुल्यमै पेय पदार्थ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2022 | 02:24:42 PM मा प्रकाशित

laxmi  sunrise bank

 झिर रेष्टुरेण्टले व्यावसाय विस्तारको क्रममा आफ्नो पहिलो फ्राञ्चाइज काठमाडौंको कालोपुलमा सञ्चालनमा ल्याएको छ । सुरेन्द्र साउदले कालोपुलमा फ्राञ्चाइज संचालनमा ल्याएका हुन् । ८ महिना पहिले सङ्खमुलमा झिर रेष्टुरेण्ट संचालनमा आएकोमा छोटो समयमा नै कालोपुलमा फ्राञ्चाइज सञ्चालनमा आएको हो। 

वेलायतबाट स्नातकोत्तर अध्ययन सकेर विश्व चर्चित चेन रेष्टुरेण्ट न्यान्डोजमा ५ बर्ष, साथै नेपालको प्रख्यात चेन रेष्टुरेण्ट बाजेको सेकुवामा ५ बर्षको अनुभव बटुलेका सञ्जिव तिमील्सीनालेसङ्खमुलमा झिर रेष्टुरेण्टल खोलेका थिए ।  

एउटा रेष्टुरेण्ट संचालनको लागी ४० देखी ४५ लाख रुपैयांसम्म प्रारम्भिक लगानी आवस्यक पर्ने र अहिलेको व्यापारलाई आधार मान्दा दुई बर्ष भन्दा कम समयमा नै लगानी उठ्ने तिमील्सीनाको दावी छ । नयां खुल्ने झिर रेष्टुरेण्टमा कम्तीमा १२ जनाले प्रत्यक्ष रोजगारीको अवसर पाउनेछन् । 

तिमील्सीनाका अनुसार झिरमा ग्राहकहरुले विशेष गरी मटन, चिकेन, तथा पोर्कका पोलेको मासुका परीकारहरुको मज्जा लिन सक्नेछन् , यस्ता परिकारहरु प्रति प्लेटका साथसाथै प्रति हाफ केजि, प्रति केजिमा पनि उपलब्ध हुनेछ । साथै रेष्टुरेण्टमा पेय पदार्थहरु पनि एम.आर.पि विक्रि गरीनेछ, सम्भवतः रेष्टुरेण्ट क्षेत्रमा पेय पदार्थहरु एम.आर.पि मुल्यमै पाइने झिर नै पहिलो रेष्टुरेण्ट हो । खानाको प्रस्तुतीमा समेत ग्रहकहरुले विल्कुलै फरक पन पाउने उनले बताए । 

थोरै लगानी, स्तरीय पद्धती, स्वदेश तथा विदेशको अनुभवका साथ स्थापना भएको झिरलाई फ्रञ्चाइज मोडेलमा काठमाडौं लगायत देशभरकै प्रमुख शहरहरुमा विस्तारको योजना रहेको सञ्चालक तिमील्सीनाले वताए । चांडैनै काठमाडौंमा तीन वटा र भरतपूरमा एउटा झिर संचालनमा आउने समेत तिमील्सीनाले जानकारी दिए । उध्यमी बन्न चाहने व्यक्तिका लागी झिर उपयुक्त माध्यम हुने तिमील्सीनाको विश्वास छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved