‘खुकुरी रम’को उत्पादक ‘दि नेपाल डिस्टीलरिज‘ले पायो आइएसओ प्रमाणपत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2022 | 02:34:46 PM मा प्रकाशित

laxmi  sunrise bank

‘खुकुरी रम’को उत्पादक ‘दि नेपाल डिस्टीलरिज प्रालि’ले ‘आइएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गरेको छ । उत्पादन तथा कार्यप्रणालीको गुणस्तरीयता मापन गर्ने विश्वकै एक स्वतन्त्र मान्यताप्राप्त प्रमाणीकरण निकाय,, DNV(UKAS) बाट यो प्रतिष्ठित प्रमाणपत्र प्राप्त गरेको कम्पनीले जनाएको छ ।

यो प्रमाणपत्र एक विश्वव्यापी मानक रहेको र यसले बलियो गुणस्तर व्यवस्थापन प्रणालीका लागि आवश्यकताहरु तय गर्ने कम्पनीले जनाएको छ।  यो प्रमाणपत्र गुणस्तर व्यवस्थापन प्रणालीको प्रभावकारी र कुशल कार्यान्वयनतर्फ कम्पनीको प्रतिबद्धता, आफ्ना उत्पादन, सेवा र आन्तरिक प्रक्रिया प्रणालीमा निरन्तर सुधारमार्फत ग्राहकको सन्तुष्टिमा गरेको महत्वपूर्ण देनको प्रतिफल रहेको कम्पनीले जनाएको छ । 

 ‘आइएसओ ९००ः२०१५ प्रमाणपत्र’लाई कम्पनीको जीवनमा एउटा कोशेढुंगाको रुपमा चित्रित गर्दै ‘दि नेपाल डिस्टीलरिज’का महाप्रबन्धक शुभास लामिछानेले भने –‘प्रतिष्ठित आइएसओ ९००१ः२०१५ को प्रमाणपत्र पाएकोमा हामीलाई गौरव महसुस भएको छ । यसको सम्पूर्ण श्रेय टिम र यसबाट भएको सामूहिक प्रयासलाई जान्छ । यस अवसरमा आगामी दिनमा समेत हामी हाम्रा उत्पादनहरुको गुणस्तर र आन्तरिक कार्य प्रणालीलाई समेत अझ आधुनिक र वैज्ञानिक बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं ।’

कम्पनीबाट प्रतिष्ठित खुकुरी ब्राण्डअन्तर्गत ‘खुकुरी ट्रिपल एक्स रम’, ‘खुकुरी स्पाइस्ड रम’, ‘खुकुरी ह्वाइट रम’ र ‘खुकुरी कोरोनेसन रम’ उत्पादन हुँदै आएको छ । यी उत्पादन विश्व बजारमा निर्यात पनि हुँदै आएका छन् । 

हालै कम्पनीले रमबाट भोड्का सेग्मेन्टमा प्रवेश गर्दै नयाँ ब्राण्ड ‘न्यूड भोड्का’ बजारमा ल्याएको छ । सन् १९५९ मा स्थापना भएको दि नेपाल डिस्टिलरिज संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved