सूर्य नेपालको 'मिन्ट-ओ-बाइट' टफी बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2023 | 12:54:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सूर्य नेपाल प्रा.लि.ले आफ्नो नयाँ कन्फेक्सनरी उत्पादन  'मिन्ट-ओ-बाइट' टफि नेपाली बजारमा सार्वजनिक गरेको छ । 'फ्रेस इन एभ्री बाइट' को नारा सहित  प्रवद्र्धन गरिएको यो उत्पादन “मिन्ट” स्वादमा ट्वीस्ट र्याप प्याकमा उपलब्ध हुने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार यो टफी ५ रुपैयाँमा २ वटा उपलब्ध हुनेछ । यसको प्रयोगले अद्भुत सितलताको आभाषको साथै रिफ्रेशिङ्ग अनुभव पनि गराउने कम्पनीद्वारा जारी प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ । 

कम्पनीले भनेको छ 'मिन्ट स्वादले ताजा श्वास को साथै आत्मविश्वास पनि जगाउनेछ । अक्वा निलो र्यापरमा उपलब्ध   'मिन्ट-ओ-बाइट'  बजारमा अरु उपलब्ध मिन्ट स्वादका कन्फेक्सनरी उत्पादनहरु भन्दा आकर्षक र भिन्न देखिने छ । मिन्ट स्वाद रुचाउने ग्राहकहरुले   'मिन्ट-ओ-बाइट'  टफीको प्रयोगबाट  मिन्टको सन्तुलित स्वाद प्राप्त गर्न सक्नेछन् ।'

कम्पनीका अन्सुअर नेपालभरीका खुद्रा पसल तथा सुपरमार्केटहरुमा   'मिन्ट-ओ-बाइट' उपलब्ध हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved