सामसङले ल्यायो नयाँ वर्ष २०८० बिशेष स्कीम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2023 | 09:48:17 PM मा प्रकाशित

laxmi  sunrise bank

इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना  विभिन्न इलेक्ट्रोनिक उत्पादनहरू टिभीदेखि होम अपलायन्समा नयाँ वर्ष अफर सार्बजनिक गरेको छ ।  यो अफर २०८० साल जेठ २ गतेसम्म  रहने सामसङ नेपालले जनाएको छ  । यो अफर सामसङको लेटेस्ट रेंजका टिभी, रेफ्रिजेरेटर र वाशिङ मेसिनमा  लागु हुनेछ ,अफरमा सामसङले आफ्ना कन्जुमर ड्युरेवल्स वस्तुहरूमा ४१% सम्म क्यासब्याक दिने भएको छ ।

सामसङ टिभी विगत १७ वर्षदेखि विश्वव्यापी रूपमा रहेको छ । यो अफरमा कलर भोल्युम १०० प्रतिशत क्वान्टम डट टेक्नोलोजी सहितको सामसङ फ्ल्यागशिप क्युएलइदि  टिभीहरूमा आकर्षक क्यासब्याक प्रदान गरिएको छ  । साथै, क्रिस्टल फोर के अल्ट्रा एचडी टिभीको अमेजिङ रेन्ज र तिनीहरूका बिलियन ट्रु कलरहरूमा २५ प्रतिशतसम्मको छुटमा कन्जुमरले आफ्नो घर भित्राउन सक्छन् । सामसङ फ्रेम टिभीहरु, एक टेष्टफुल्ली डिजाइन गरिएको टिभी हो जसले कन्जुमरलाई बेजेल विकल्पहरूको रेन्जका साथ आफ्नै शैलीको रंगीन टेलिभिजन डिजाइन गर्न सक्ने अनुभुति प्रदान गर्छ । यसलाई छुट गरिएको मुल्यमा खरिद गर्न सकिन्छ । कम्पनिले टिभीमा एक वर्षको पूर्ण उत्पादन वारेन्टी प्रदान गरिने जनाएको छ  । कम्पनीले प्यानलहरूमा थप  एक वर्षको वारेन्टी प्रदान गर्दछ।

नयाँ वर्षसँगै कन्जुमरले आफ्नो भान्छाघरमा पनि नयाँ परिवर्तन ल्याउन सक्छन्। साथै, सामसङको इनोभेटिभ साइडबाइ साइड रेफ्रिजरेटरहरू अपग्रेड गर्न सक्नेछन्  जुन ७०० लिटर क्षमता सम्मको छ । यस्तै, ३१४ लिटर क्षमताको कर्ड माइस्ट्रो टीएम वा डिजिटल इन्भर्टर डबल डोर र सिंगल डोर रेफ्रिजरेटर उपलब्ध छन् । यसमा २५ प्रतिशतसम्म क्यासब्याक ग्यारेन्टी गरेको कम्पनिले जनाएको छ  ।

ग्राहकहरुले एआई इकोबबल टीएम वाशिंग मशीन मा पर्सनलाइज्द लन्द्री एक्सपिरिएन्स प्राप्त गर्न सक्छन् जसमा सजेस्टिभ साइकलहरू उपलब्ध छन् र उनीहरुको ८ केजी, ९ केजी र १२ केजीको भेरियन्टमा २८ प्रतिशतसम्मको ग्यारेन्टी क्यासब्याक उपलब्ध गराएको छ । साथै, कन्जुमरहरुले फ्रन्ट लोड वासिंग मसीनमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्, जुन ८ केजी र ९ केजी क्षमता र हाइजीन स्टीम सुविदा सहित आउँछ।

 यो सामसङले आफ्नो फ्रिजको डिआइटी कम्प्रेसर र वासिङ मेसिनको डिआईटी मोटरमा २० वर्षको वारेन्टी उपलब्ध गराएको छ । जर्मन एसोसिएसन फर इलेक्ट्रिकल, इलेक्ट्रोनिक र सूचना प्रविधि (भर्ब्यान्ड डचर इलेक्ट्रोकनिकर – भीडीई) ले पनि डिजिटल कम्प्रेसर (फ्रिज) लाई २१ वर्षको विश्वसनीयता प्रमाणपत्र प्रदान गरेको छ ।

सामसङले आफ्ना ग्राहकलाई चुनिएका वस्तुमा फ्रि– इन्स्टलेसन पनि उपलब्ध गराउने जनाएको छ  । यो अफर हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको डिलर नेटवर्क अन्तर्गत नेपालभर उपलब्ध  हुनेछ ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved