आठ वर्षमा लाग्यो सहकारीलाई मोबाइल बैंकिंङसँग जोड्ने एम बैंक, आधा अर्ब पुग्यो १२ हजारको लगानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2023 | 01:15:24 PM मा प्रकाशित

laxmi sunrise bank

सहकारीलाई मोबाइल बैंकिंङसँग जोड्ने कामलाई निरन्तता दिंदै आएको हाम्रो टेक्नोलोजीको मोबाइल बैंकिंग प्लेटर्फम “एम बैंक” आठौँ वर्षमा प्रवेश गरेको छ। सहकारीकालाई मोबाइल बैंकिङ र प्रविधिसँग जोड्ने उदेश्यले स्थापना भएको एम बैक  सात वर्ष अघि काठमान्डौको मध्यबानेश्वरमा एउटा कोठाबाट संचालनमा आएको कम्पनी हो। 

काठमान्डौको बानेश्वरमा एउटा कोठा राखेर एसएमएस बैंकको सेवा दिएर संचालनमा आएको एम बैंक अहिले ७०० सय बढी सहकारीलाई मोबाइल बैंकिंङको सेवा दिएर देशैभर पुग्ने कम्पनी बनेको हो। 

एसएमएस बैंकिङ सेवा दिन लाई जानकी टेक्नोलोजिको (स्प्यारो पे) को एसएमएस लाई १२ हजार रुपैयाँ तिरेको नै आफुहरुको सुरुवाती लगानी भएको एम बैंकका सँस्थापक तथा प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जन बताउँछन्। १२ हजार लगानीमा सुरु भएको सँस्था अहिले झन्डै ५० करोडको भ्यालु भएको कम्पनी बन्दा खुसि लागेको उनि बताउँछन्। 

२ जनाले एउटा कोठाबाट १२ हजारमा सुरु गरेको सँस्थामा आज झन्डै तीन दर्जन व्यक्तिले प्रत्यक्ष रुपमा रोजगारी पाएको र सहकारीलाई मोबाइल मोबाइल बैंकिंङमा जोडेर अनलाइन प्रविधिमा जोड्न पाउँदा खुसि लागेको उनी बताउँछन्।  

उनकाअनुसार एम बैंकले सहकारी र बैंकलाई जोडेर सहकारीका सदस्यलाई मोबाइल बैंकिंङको प्रयोगबाट भुक्तानी तथा प्राप्ती गर्न सहज बनाउने काम गर्दै आएको छ। एम बैंकले बनाएको  एपको प्रयोगले सहकारी संस्थाका सदस्यलाई आफ्नो निक्षेप जम्मा गर्न तथा भुक्तानी गर्नलाई लाइनमा बस्नु पर्ने अवस्थालाई कम गर्दै गएको छ। 

आफूसंग जोडिएका सबै सहकारीलाई मोबाइल बैंकिंङ उपलब्ध गराएको र आगामी दिनमा धेरै भन्दा धेरै सहकारीलाई प्रविधिमैत्री बनाउने लक्ष्य रहेको एम बैंकका सँस्थापक तथा प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जन बताउँछन्। 

 एम बैंक एप सर्भिस लिएका सहकारी संस्थाले आफ्ना सदस्यलाई यस्तो सुविधा दिन सकिने हाम्रो टेक्नोलोजीका सञ्चालक संजय महासेठले जानकारी दिए । उनकाअनुसार एम बैंक एप प्रयोग गरी सहकारीको खाताबाट सिधै बैंक खातामा रकम ट्रान्सफर गर्न सकिने छ। नेपाल भरका जुनसुकै बैंकमा सहकारीको खाताबाट पैसा ट्रान्सफर गर्न सकिन्छ । 

 उनकाअनुसार एम बैंक एपमा धेरै नयाँ सुबिधाहरु थप गरिएको छ। एम बैंक एपमा आहिले आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर गर्न, व्यालेन्स चेक गर्न, स्टेटमेन्ट हेर्न, लोनको जानकारी हेर्न, फोन, नेट, टिभी, रिचार्ज गर्न सकिन्छ। त्यस्तै ईसेवा, खल्ती, सजिलो पे, प्रभु पे, आइएमई पे, पे वेल, माई पे, नमस्ते पे जस्ता डिजिटल वालेट लोड गर्न सकिने, विजुलीको विल, खानेपानी बिल भुक्तानी गर्न, बस तथा हवाई टिकट, होटल बुक गर्न, क्यु आर भुक्तानी लगायतका सेवाहरु उपलब्त्र रहेको छ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved