स्टाइलिस डिजाइन र शक्तिशाली पर्फमेन्ससहित 'भिभो वाई२७'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2023 | 02:06:39 PM मा प्रकाशित

laxmi  sunrise bank

आधुनिक युगमा स्मार्टफोन हाम्रो दैनिक जीवनको अपरिहार्य र महत्वपूर्ण पक्ष बनिसकेको छ । प्रयोगकर्ताहरू राम्रो क्यामेरा क्षमता, आकर्षक डिजाइन र उत्कृष्ट प्रदर्शन भएका स्मार्टफोनहरू खोज्छन् । यी उपकरणरू केवल ग्याजेटमा मात्र सिमित नभएर एक विश्वसनीय साथी भइसकेका छन् । 

हालै, विश्व प्रसिद्ध स्मार्टफोन ब्रान्ड, भिभोले बजारमा आफ्नो वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोन वाई२७ सार्वजनिक गरेको छ । भिभोको यो नयाँ स्मार्टफोनले डिजाइन र कार्यसम्पादनका हिसाबले कुनै सम्झौता नगरी हरेक पक्षमा उत्कृष्ट विशेषता प्रदान गरेको छ । र यो स्मार्टफोन निसन्देह नै आजको स्मार्टफोन बजारमा उपलब्ध एक सर्वोत्कृष्ट उपकरण हो । 

अत्याधुनिक शैली

आजको युग, जहाँ सरलता एउटा नयाँ प्रवृति बनेको छ त्यहाँ भिभोले सही उपकरणहरु ल्याएको छ । नयाँ वाई२७ डुअल रिङ्ग डिजाइनको साथ आउँछ, जसले रिङ्गको आकारबाट प्रेरित भएर सुनको जडलाई मसिनो रेखाहरूसँग मर्ज गर्दछ । यसको ज्योमेट्रिक डिस्प्लेले सौन्दर्यशास्त्र तथा सुन्दरताको उल्लेखनीय भावना देखाउँछ । ग्लिटर एजीको म्याट सर्फेस मुलायम भएता पनि स्क्रयाच, एब्रासन र फिंगरप्रिन्ट प्रतिरोधी छ । २.५डी फ्ल्याट फ्रेममा उपलब्ध यो फोन निकै स्लिम छ । हाल, वाई२७ दुई आकर्षक रंगहरू(बरगन्डी ब्ल्याक र सी ब्लू)मा उपलब्ध छ । 

बरगन्डी ब्ल्याकले शानदार वाइन रेड र रिच ब्ल्याक टोनहरू संयोजन गर्दै अन्ततः डिप रेडको सिमरिङ्ग सेडमा रूपान्तरण हुन्छ । अर्कोतर्फ, सी ब्लूले स्पार्कलिङ ब्लू सीको स्फूर्तिदायी र रमाइलो सारलाई झल्काउँदै सूर्यको मुनि अन्तर्निहित हुने छाल तथा रत्नहरू जस्तै चम्किन्छ । यी रङले सेरेनिटी, आनन्द र सरसफाइको भावना जगाउँछ ।

शक्तिशाली पर्फमेन्स

पर्फमेन्सको कुरा गर्दा, भिभो वाई२७ निकै प्रभावशाली छ । यसको बलियो ५००० एमएएच ब्याट्री र शक्तिशाली ४४वाट फ्ल्यासचार्ज भएकाले प्रयोगकर्ताहरूले पावर समाप्त हुने चिन्ता नगरी लामो समयसम्म फोन चलाउन सक्छन् । 

यो स्मार्टफोन दक्ष मिडियाटेक हेलियो जी८५ मोबाइल प्लेटफर्ममा सञ्चालन हुन्छ, जसले प्रयोगकर्तालाई सहज सर्फिङको साथ सशक्त बनाउँछ । स्मार्टफोनले ६जीबी र्याम+ १२८ जीबी रोमसहित पर्याप्त स्टोरेज प्रदान गर्दछ, जसले प्रयोगकर्ताहरूलाई स्टोरेज–सम्बन्धित चिन्ताहरूलाई हटाउँछ । वाई२७ को उत्कृष्ट विशेषताहरू मध्ये एक यसको विस्तारित र्याम टेक्नोलोजी ३.० हो, जसले ६जीबी र्याम + ६जीबी विस्तारित र्यामलाई समर्थन गर्दछ । यो नयाँ विशेषताले प्रयोगकर्ताहरूलाई पृष्ठभूमिमा सक्रिय एपहरू राख्न अनुमति दिन्छ, जसले गर्दा प्रयोगकर्ताहरु सहजै एक एपबाट अर्को एपमा स्विच गर्न सक्छन् । वाई२७ ६.६४ इन्च एफएचडी+ सनलाइट डिस्प्लेको साथ आउँछ जसले बाहिरी दृश्यतालाई परिष्कृत गर्दै चर्को घाममा पनि स्पष्ट र सहज दृश्य अनुभव सुनिश्चित गर्दछ । २३८८ × १०८० को एफएचडी+ रिजोल्युसनमा, रङहरू तथा हरेक विवरण अझ जीवन्त देखिन्छन् । यो स्मार्ट फोनले प्रयोगकर्ताहरूलाई चलचित्र हेर्दा वा गेम खेल्दा एक शानदार दृश्य अनुभव प्रदान गर्दछ ।

स्पष्ट र तीव्र तस्वीरहरु

वाई२७ मा ५०एमपी अल्ट्रा क्लियर क्यामेरा रहेको छ जसले दिनमा मात्र नभएर रातमा समेत उत्कृष्ट शटहरू खिच्छ । प्रकाश अवस्थाहरू जे भए पनि, प्रयोगकर्ताहरूले अब स्पष्ट तस्बिरहरू क्लिक गर्न सक्छन् जसले अल्ट्रा–शार्प तस्वीरहरूका लागि प्रत्येक विवरणलाई सुन्दरताका साथ क्याप्चर गर्दछ । 

२ एमपी बोकेह क्यामेराले परिस्कृत एल्गोरिदम प्रदान गर्दै, सटीक र परिष्कृत परिणामहरू प्रदान गर्नुका साथै जीवन्त तस्वीरहरु खिच्छ । प्रयोगकर्ताहरूले ८ एमपी फ्रन्ट क्यामेराको साथ उत्तम र स्पष्ट सेल्फीहरू खिच्न सक्छन् । यसको एड्भान्स क्यामेरा सुविधाहरूको साथ, वाई२७ ले प्रयोगकर्ताहरूलाई कम प्रकाशको अवस्थामा पनि आफ्ना साथीहरू र परिवारहरूसँग आश्चर्यजनक तथा जीवन्त तस्वीरहरु खिच्न अनुमति दिन्छ ।

समग्रमा, वाई२७ ले बजारमा राम्रो प्रशंसा कमाएको छ । नेपाली बजारमा २३,९९९ रुपैयाँमा सार्वजनिक भएको वाइ२७ को उल्लेखनीय सौन्दर्यशास्त्र, र निर्बाध कार्यसम्पादनले यसलाई आफ्ना प्रतिस्पर्धीहरूबाट अलग राखेको छ । प्रयोगकर्ताहरुका लागि हरेक पक्षबाट एक उत्कृष्ट स्मार्टफोन बनेको छ । यसले उत्कृष्टताका सबै मापदण्डहरू पूरा गर्दै कमजोरीहरूको लागि कुनै पनि ठाउँ राखेको छैन । 

एक पटक फेरि, भिभोले आफ्नो प्रतिष्ठालाई थप सुदृढ गर्दै स्मार्टफोन डिजाइनमा नवप्रवर्तनप्रति आफ्नो प्रतिबद्धता प्रमाणित गरेको छ । ग्राहकको दृष्टिकोणबाट, यो उच्च गुणस्तरको अलराउन्डर स्मार्टफोन सबै प्रयोगकर्ताहरुका लागि एक शीर्ष छनोट हुनेछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved