हुलास वायरले “संवर्धन समारोह” सम्पन्न गरेको छ। इटहरी स्थित सोल्टि वेष्टनमा हुलास वायर इण्डष्ट्रिजले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरेको हो ।
हुलास वायरका ब्राण्ड एम्बेस्डर क्याप्टेन विजय लामा, कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा, हुलास वायरका अध्यक्ष राजलक्ष्मी गोल्छा, तथा प्रबन्ध निर्देशक युक्ति गोल्छाले हुलास वायरको लोगो तथा विज्ञापनको भिडियो सामुहिक रुपमा रिमोटद्वारा स्विच अन गरि कार्यक्रम उद्घाटन गरेका हुन् ।
कार्यक्रममा लामो समयदेखि कम्पनीमा आवद्ध संघ संस्था एवं हुलास वायरका सदस्यहरुलाई कदरपत्र वितरण गरिएको कम्पनीले जनाएको छ।