गल्फ लुब्रिकेन्टको डिलर सेल्स एक्जेक्युटिभ मिट सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2023 | 02:13:42 PM मा प्रकाशित

laxmi  sunrise bank

गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले हालैमात्र आफ्नो   डिलर सेल्स एक्जेक्युटिभ मिट सम्पन्न गरेको छ ।  यो कार्यक्रममा  नेपाल भरका ५० भन्दा धेरै डिलर सेल्स एक्जेक्युटिभहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार, ब्रान्डको भ्यालु र बिक्रि बढाउनु, योग्य र दक्ष सेल्स टिमको भूमिका सबै भन्दा धेरै हुन्छ ।  नेपाल ल्युब आयल लिमिटेडले आफ्नो सेल्स टिमको स्तरउन्नतिलाई द्यानमा राखी थुप्रै पहल र कार्यक्रमहरु संचालनमा ल्याई राखेको र यो डिलर सेल्स एक्जेक्युटिभ मिट २०८० ती कार्यक्रममध्ये सबैभन्दा महत्वपूर्ण भएको पनि कम्पनीले जनाएको छ ।  सो मिटमा प्राविधिक र  बिक्री प्रशिक्षण, बजारको वर्तमान अवस्थाको बारे छलफल, कम्पनीको  प्रणाली र प्रक्रियाबारे कार्यशाला तथा प्रोडक्ट प्रशिक्षण सम्पन्न भएको थियो ।  

नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगा राज भट्टराईले भने“  हाम्रो सेल्स  टिम लुब्रिकेन्ट मार्केटमा सबै भन्दा राम्रो हो भनेर सुनिश्चित गर्ने  जिम्मेवारी हाम्रो हो । एक प्रशिक्षित सेल्स एक्जेक्युटिभले  ग्राहकहरूलाई आफ्नो  लुब्रिकेन्टको आवश्यकताहरू पूरा गर्न अझ राम्रो मद्दत गर्न सक्छ । यसले हाम्रो ब्रान्ड भ्यालु  र बिक्री बढाउन मद्दत गर्नेछ । यो मित हाम्रो सेल्स टिमलाई अझै  बलियो बनाउनको लागि सम्पन्न भएको हो ।“  

कम्पनीका अनुसार फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved